एप्पल आईफोन १६ प्रो म्याक्स डेजर्ट टाइटेनियमको ह्यान्ड्स–अन भिडियो अनलाइन देखा पर्यो

  • Technology Khabar | १६ भाद्र २०८१, आईतवार
एप्पल आईफोन १६ प्रो म्याक्स डेजर्ट टाइटेनियमको ह्यान्ड्स–अन भिडियो अनलाइन देखा पर्यो

काठमाडौं ।

एप्पलले आइफोन १६ प्रो म्याक्सलाई डेजर्ट टाइटेनियम भनिने नयाँ रङ्गमा लन्च गर्ने योजना बनाएको छ। यसअघि डिभाइसमा गोल्डिस टिन्ट (सुनौलो रङ्ग) हुनेछ भन्ने अनुमान गरिएको थियो।

यद्यपि एक लीक भएको ह्यान्ड्स–अन भिडियो अनुसार डिभाइस अब गोल्ड (सुन रङ्ग) को नभएर ब्राउन (खैरो रङ्ग) को हुने निश्चित भएको जनाइएको छ।

हाल देखा परेको वास्तविक डिभाइस नभएर यो सम्भवतः डमी भएको जनाइएको छ। यद्यपि डिभाइसको अहिले देखा परेको रङ्ग पहिले देखिएका रियल–लाइफ फोटोहरूसँग मिल्दोजुल्दो रहेको थप उल्लेख गरिएको छ।

त्यसैगरी सबै आईफोन १६ प्रो र प्रो म्याक्स रङ्गहरू टाइटेनियम भनिने जनाइएको छ जुन टाइटेनियम ह्वाइट, ब्ल्याक, ग्रे र गोल्ड हुने अपेक्षा गरिएको छ।

यद्यपि अफवाहहरूका अनुसार यो नायकको रङ्गको नाम डेजर्ट वा गोल्ड हुने सुझाव दिइरहेको भए तापनि रङ्गको नामको बारेमा आधिकारिक जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ।

यसबाहेक रोज रङ्ग (जुन सामान्यतया पिंक ह्यु हो) को बारेमा पनि रिपोर्टहरू सुन्नमा आएको भए तापनि सेप्टेम्बर ९ तारिखमा हुने इभेन्ट (कार्यक्रम) नभएसम्म यसबारे निश्चित रूपमा भन्न नसकिने उल्लेख गरिएको छ।

आईफोन १६ सिरिज आधिकारिक रुपान अर्को मंगलबार सेप्टेम्बर ९ मा सार्वजनिक हुने गरि सेट गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ भाद्र २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...