मस्क र टेस्लामाथि लागेको डजिक्वाइन अपचलनको मुद्दा खारेज

Technology Khabar १५ भाद्र २०८१, शनिबार

काठमाडौं ।

अर्बपति इलन मस्क र उनको विद्युतीय सवारी कम्पनी टेस्लालविरुद्ध डजिकोइनलाई लिएर लगानीकर्ताहरुलाई ठगी गरेको आरोपमा लागेको संघीय मुद्दा खारेज भएको छ।

यो निर्णय बिहीबार राति म्यानहाट्टनका अमेरिकी जिल्ला न्यायाधीश अल्भिन हेलरस्टाइनले दिएका थिए।

लगानीकर्ताहरूले संसारकै सबैभन्दा धनी व्यक्तिका रुपमा चिनिने मस्कलाई ट्विटर पोस्टहरू तथा २०२१ मा NBC को “Saturday Night Live” मा देखापरेको र अन्य प्रचारात्मक स्टन्टहरू मार्फत आफ्नो फाइदाका लागि उनी वा टेस्लाद्वारा नियन्त्रित केही डजकोइन वालेटहरू दुरुपयोग गरेको आरोप लगाएका थिए।

उनीहरुले मस्कले डजिकोइनको मूल्यलाई दुई वर्षको अवधिमा ३६,०००% भन्दा बढी बढाएर त्यसपछि मूल्यलाई घट्न दिएका आरोप पनि लगाएका छन्। जसमा मस्कको सार्वजनिक वक्तव्यहरू र डजिकोइनसँग सम्बन्धित गतिविधिहरूसँग व्यापार गर्ने समय मिलाइएको थियो।

लगानीकर्ताहरूले यो पनि भनेका छन् कि मस्कले २०२३ को अप्रिलमा ट्विटरको निलो पंक्षीको लोगोको सट्टा डजिकोइनको शीबा इनु कुकुरको लोगो राखेपछि डजिकोइन बेचेका थिए, जसले गर्दा डजिकोइनको मूल्य ३०% ले बढेको थियो।

तर न्यायाधीश हेलरस्टाइनले भने कि मस्कका ट्वीटहरू जस्तै डजकोइन पृथ्वीको भविष्यको मुद्रा हो र यसलाई टेस्ला किन्न वा स्पेसएक्सद्वारा चन्द्रमामा पठाउन सकिन्छ भन्ने कुरा “आकांक्षात्मक र प्रचारात्मक हुन्, तथ्यगत होइनन् र झुठो साबित गर्न सकिने खालका होइनन्।”

रोयटर्सका अनुसार न्यायाधीशले कुनै पनि तार्किक लगानीकर्ताले यी ट्वीटहरूमा निर्भर भएर धितोपत्र धोखाधडीको दावी गर्न नसक्ने बताएका छन्। लगानीकर्ताहरूको बजार हेरफेर र आन्तरिक व्यापार सम्बन्धी दावीहरूलाई “बुझ्न असम्भव” रहेको पनि उनले थपेका छन्।

हेलरस्टाइनले मुद्दालाई पूर्वाग्रही रुपमा खारेज गरेका छन् र यो मुद्दा पुनः दायर गर्न सकिँदैन। लगानीकर्ताहरूले सुरुमा २५८ बिलियन डलरको दावी गरेका थिए र दुई वर्षमा चार पटक आफ्नो गुनासो संशोधन गरेका थिए।

लगानीकर्ताहरूका वकिलहरूले तत्काल प्रतिक्रिया जनाएका छैनन्।

मस्कका वकिल एलेक्स स्पाइरोले इमेलमार्फत दिएको बयानमा भने, “यो डजकोइनका लागि निकै राम्रो दिन हो।”

मस्कका वकिलहरूले मुद्दा खारेज गर्ने क्रममा  “साधारण र प्रायः मूर्खतापूर्ण ट्वीटहरूमा कुनै गल्ती छैन” भनेका थिए।

उनीहरुले मस्कले दुई वालेटहरू शंकास्पद व्यापारका लागि प्रयोग गरेको वा उनले वा टेस्लाले कहिल्यै डजिकोइन बेचेको प्रमाण नभएको पनि थपेका समाचारमा उल्लेख छ।

प्रकाशित: १५ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया