एप्पल र एनभिडियाले एआई कम्पनी ओपनएआईमा लगानी गर्ने

  • Technology Khabar | १५ भाद्र २०८१, शनिबार
एप्पल र एनभिडियाले एआई कम्पनी ओपनएआईमा लगानी गर्ने

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पल र चिप निर्माता एनभिडियाले मिलेर ओपनएआईमा लगानी गर्न वार्ता गरिरहेका छन्। यो नयाँ लगानीको चरणले च्याटजीपीटी निर्माता कम्पनीको मूल्य १० खर्ब डलरभन्दा माथि पुर्‍याउन सक्ने बताइएको छ।

वाल स्ट्रीट जर्नलले एप्पलको चासोको बारेमा पहिलो पटक रिपोर्ट गरेको थियो। यसैगरी ब्लूमबर्ग न्युजले एनभिडियाको सम्भावित सहभागिताको बारेमा रिपोर्ट गरेको थियो।

यो समाचार आएको एक दिनपछि प्रकाशन भएको जर्नलले भेन्चर क्यापिटल फर्म थ्राइभ क्यापिटलले ओपनएआईमा लगभग १ अर्ब डलर लगानी गर्नेछ। अबको फण्डिङ राउण्ड थ्राइभ क्यापिटलकै नेतृत्वमा अघि बढ्ने रोयटर्सले उल्लेख गरेको छ।

यसबारेमा बुझ्न खोज्दन एप्पल र ओपनएआईले तुरुन्तै कुनै प्रतिक्रिया नदिएको बताइएको छ । यस्तै थ्राइभ क्यापिटल, एनभिडिया र माइक्रोसफ्टले पनि प्रतिक्रिया दिन अस्वीकार गरेका छन्।

ओपनएआई एप्पलको कृत्रिम बुद्धिमत्ता रणनीतिमा बढ्दो रूपमा महत्वपूर्ण बनेको छ। आईफोन निर्माता कम्पनीले ओपनएआईको च्याटबट च्याटजीपीटीलाई एप्पल इन्टेलिजेन्सको एक भागका रूपमा एप्पल डिभाइसहरुमा समावेश गरेको छ।

एप्पलले ओपनएआईको बोर्डमा पर्यवेक्षकको भूमिका पाएको पनि रिपोर्ट गरिएको थियो। साम अल्टम्यानको नेतृत्वमा रहेको यस कम्पनीको मूल्य फेब्रुअरीमा ८० अर्ब  डलर रहेको बताइएको थियो।  जसमा थ्राइभ क्यापिटल को नेतृत्वमा भएको एउटा बोलपत्र प्रस्तावमार्फत कम्पनीले आफ्ना विद्यमान सेयरहरू बेच्ने सम्झौता पूरा गरेको थियो।

प्रकाशित: १५ भाद्र २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Award-winning ‘Electric Compact Vehicle of the Year 2026’ – Proton e.MAS 5 coming to Nepal

  • Technology Khabar
  • १५ भाद्र २०८१, शनिबार