बोइङको स्टारलाईनरले दुई अन्तरिक्ष यात्री नलिई सेप्टेम्बर ६ मा रित्तै पृथ्वीमा फर्कने

Technology Khabar १४ भाद्र २०८१, शुक्रबार

काठमाडौं ।

बोइङको स्टारलाइनर अन्तरिक्षयान आगामी सेप्टेम्बर ६ तारिखका दिन पृथ्वीमा रित्तै फर्कने नासाले जनाएको छ। बोइङको स्टारलाइनर अन्तरिक्षयान बोइङको पहिलो यात्रीसहितको परियोजना हो जसमा बुच विल्मोर र सुनिता विलियम्स ८ दिनका लागि अन्तर्राष्ट्रिय अन्त्रिक्ष स्टेशनमा गएका थिए।

यदि मौसममा खराबी वा अन्य कुनै प्राविधिक गडबडी नभएमा तोकेकै दिन उक्त यान पृथ्वीका लागि रित्तै उड्ने नासाको दावी छ। त्यसमा गएका विल्मोर र विलियम्सलाई भने नासाले स्पेसएक्सको क्रू ड्रागनमा २०२५ को शरुमा आउने गरी व्यवस्था मिलाएको छ।

उक्त क्याप्सुल आगामी सेप्टेम्बर ६ का दिन राति १० ४ बजे जीएमटी अर्थात् ६ बजेर ४ मिनेट ईटी अर्थात् नेपाली समय अनुसार सेप्टेम्बर ७ भदौ २२ गते शनिबार बिहान ३ बजेर ४९ मिनेटमा प्याराशूटको मद्दतले पृथ्वीमा फर्कनेछ।

त्यसको ६ घण्टापछि न्यू मेक्सिकोको व्हाइट स्याण्ड्स स्पेस हार्बरमा अवतरण गर्ने अन्तरिक्षसम्बन्धी वेबसाइट स्पेस डटकमले उल्लेख गरेको छ।

यो क्याप्सुललाई गत जुन ५ तारिखमा आईएसएसमा पठाइएको र पछि यसमा हिलियम चुहावट भएको, थ्रस्टरहरु बिग्रिएको लगायतका समस्या देखिएपछि ८ दिनका लागि गएका दुई अन्तरिक्षयात्री अहिलेसम्म आईएसएसमै अलपत्र छन्। अलपत्र दुई अन्तरिक्षयात्रीलाई कसरी फर्काउने भन्नेबारे नासाले विभिन्न प्रयासहरु गरेको थियो।

नासाको पहिलो योजना यस्तो थियो

नयाँ स्टारलाइनर क्याप्सुल अर्थात् स्टारलाइनर क्रु फ्लाइट टेस्ट (सीएफटी) प्रयोग गरी दुई अन्तरिक्ष यात्री फिर्ता ल्याउने बोइङको पहिलो प्रयास थियो, तर आईएसएसमा पुग्नेबित्तिकै अन्तरिक्ष यानको थ्रस्टरमा समस्या आयो भने हिलियम ग्यास पनि चुहावट भयो। यसप्रकारका धेरै प्राविधिक समस्याहरूआएका कारण नासाले नयाँ योजनाबारे सोच्नुपर्ने अवस्था आएको हो ।

यसैबीच १ हप्ताअघि नासाले विलियम्स र विल्मोरको सुरक्षित फिर्ता सुनिश्चित गर्न सबै सम्भावित विकल्पहरू विचार गर्दै स्पेसएक्सको क्रू ९ मिशनमार्फत् फर्काउने निर्णय गरेको छ।

आगामाी सेप्टेमबर २५ मा प्रक्षेपण हुने तय गरिएको क्रू ९ मिशन अगस्टको मध्यमा लन्च गर्ने भनिएकोमा आईएसएसमा आएको प्राविधिक गडबडीका कारण ढिलाइ भएको हो।

अब यो मिशन सेप्टेम्बर २५ मा प्रक्षेपण गरिनेछ, जसमा ४ क्रू मेम्बरहरूलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन लगिनेछ। यसै यानमा राखेर नासाले दुई अन्तरिक्षयात्रीलाई फर्काउनेछ।

कसरी फर्कन्छन् विल्मोर र विलियम्स?

नासाको यो नयाँ रणनीतिमा स्पेसएक्सको क्रू ९ ड्रागन स्पेसक्राफ्ट प्लेन क्रुले ४ को सट्टा २ क्रू मेम्बरलाई मात्र आईएसएसमा लैजानेछ। यसो गर्नुको मुख्य कारण अर्को वर्षको फेब्रुअरी अर्थात् पृथ्वीमा फर्कँदा उसले त्यहाँ फसेका विलियम्म र विल्मरलाई पनि सँगै ल्याउनेछ।

प्रकाशित: १४ भाद्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया