मंगलबार सामाजिक सञ्जाल एक्स डाउन, विश्वव्यापी प्रयोगकर्ता प्रभावित-डाउनडिटेक्टर

  • Technology Khabar | १२ भाद्र २०८१, बुधबार
मंगलबार सामाजिक सञ्जाल एक्स डाउन, विश्वव्यापी प्रयोगकर्ता प्रभावित-डाउनडिटेक्टर

काठमाडौं ।

अर्बपति इलन मस्कको सामाजिक सञ्जाल एक्समा मंगलबार राति अबेर विश्वव्यापी रुपमा समस्या आएको थियो। सामाजिक सञ्जाल र वेबसाइट आउटेज ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टर डटकमका अनुसार एक्स आउटेजका कारण अमेरिकाभरी लागभग साढे ३६ हजार प्रयोगकर्ताले यसबारे रिपोर्ट गरेका थिए।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार डाउनडिटेक्टरले प्रयोगकर्ता तथा अन्य स्रोतहरुबाट कुनै पनि वेबसाइट र सामाजिक सञ्जालको स्थितिबारे तथ्याङ्क संकलन गरेर त्यसैका आधारमा गडबडीको आकलन गर्ने गर्दछ।

यसले संकलन गरेको तथ्याङ्कका आधारमा क्यानडामा ३ हजार ३ सय तथा बेलायतमा १ हजार ६ सय जना प्रयोगकर्ताले बेलुका ११:२० ईटीमा एक्समा समस्या भएको गुनासो गरेको भेटेको थियो।

उक्त समस्याको मुख्य कारण अहिलेसम्म पनि पत्ता लागेको छैन। यसबारे जानकारी लिन खोज्दा एक्सले कुनै पनि टिप्पणी/प्रतिक्रिया दिन नमानेको समाचारमा उल्लेख छ।

प्रकाशित: १२ भाद्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार