बैंक अफ काठमान्डूको भाइबर बैंकिङ्ग सेवा शुरु

  • Technology Khabar | ११ श्रावण २०७५, शुक्रबार

काठमाडौं ।

काठमाडौं । बैंक अफ काठमान्डूले भाइबर बैंकिङ्ग सेवा शुरु गरेको छ । शुक्रबारदेखि शुरु भएको भाइबर बैंकिङ्ग सेवामार्फत ग्राहकले सहज रुपमा आफ्नो मोबाइलबाटै आफ्नो खाता र अरु बैंकिङ्ग सेवाबारे जानकारी लिन सक्नेछन्।

रजिष्टर्ड भाइबर बैंकिङ्ग सेवा लिनका लागि ग्राहकले मोबाईल नम्बर बैंकको ‘बिओके स्मार्ट’ बैंकिङ्ग सेवामा दर्ता गरिएको हुनुपर्ने बैंकले जानकारी दिएको छ।

भाइबर बैंकिङ्ग सेवामार्फत आफ्नो खातामा रहेको रकम, स्टेटमेन्ट, एकाउन्ट जानकारीलगायत विनिमय दर, बैंकिङ्ग समय, शाखा र एटिएम स्थानलगायत अरु जानकारी लिन सकिने बैंकले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०७५, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...