आईफोन १६ सिरिजको क्यामरा स्पेसिफिकेसन बाहिरियो

Technology Khabar १० भाद्र २०८१, सोमबार

काठमाडौं ।

एप्पलले अर्को महिनाको सम्भवतः सेप्टेम्बर १० तारिखमा आईफोन १६ सिरिज अनावरण गर्ने अपेक्षा गरिएको छ। उक्त कार्यक्रम अघि सबै चार मोडेलहरूको क्यामरा विवरणहरू सार्वजनिक गरिएको छ।

आईफोन १६ रआईफोन १६ प्लसमा तिनीहरूका पूर्ववर्तीहरूको जस्तै दुईवटा क्यामराहरू हुनेछन् भने तिनीहरूलाई यस पटकको लागि मात्र पछाडिको भागमा भर्टिकल्लि (ठाडो) अलाइन्ड गरिने जनाइएको छ। साथै प्राथमिक क्यामरा पनि आईफोन १५ र १५ प्लसको जस्तै ४८ मेगापिक्सेलको हुने थप उल्लेख गरिएको छ।

गत वर्षका मोडेलहरूमा रहेको एफ/२.४ एपर्चरको तुलनामा यस पटकको अल्ट्रावाइडले फास्टर एफ/२.२ एपर्चर प्राप्त गर्ने जनाइएको छ र जसले लो–लाइट शटहरू सुधार गर्ने उल्लेख गरिएको छ। साथै नन्–प्रो आईफोनहरूले कथित रूपमा पहिलो पटक म्याक्रो फोटोग्राफीलाई समर्थन गर्ने थप उल्लेख गरिएको छ।

आईफोन १६ प्रो र प्रो म्याक्स दुवैमा ५× टेलिफोटो क्यामरा हुने जनाइएको छ भने यो अब केवल गत वर्षको जस्तै ठूला मोडेलका लागि विशेष नहुने थप उल्लेख गरिएको छ। साथै यो एफ/२.८ एपर्चरको साथ १२ मेगापिक्सेलको हुने उल्लेख गरिएको छ।

त्यसैगरी प्रो मोडेलहरूमा समावेश गरिने मुख्य क्यामरा पनि गत वर्षकै रहने जनाइएको छ। यद्यपि अल्ट्रावाइडमा भने एक महत्वपूर्ण परिवर्तको रुपमा ४८ मेगापिक्सेल पिक्सेलको बिनिङ सेन्सर हुनेछ जसमा 0.७ माइक्रोमिटर पिक्सेल हुनेछ र जसले बिनिङ मोड प्रयोग गर्दा १.४ माइक्रोमिटरको प्रभावकारी पिक्सेल साइज सिर्जना गर्ने उल्लेख गरिएको छ। त्यसका साथै ४८ मेगापिक्सेल प्रोरअ फोटोहरू पनि शूट गर्न सकिने थप उल्लेख गरिएको छ।

यसबाहेक एप्पलले यस वर्ष नयाँ फोटो फर्म्याट जेपीईजी–एक्सएल थप्ने अफवाह पनि रहेको छ। त्यसगरीै दुई नयाँ प्रो मोडेलहरूले डल्बी भिजनको साथ १२०एफपीएसमा ३के भिडियोलाई पनि समर्थन गर्नेछ।

सबै चार आईफोन १६ मोडेलहरूमा क्याप्चर बटन पनि समावेश गरिने जनाइएको छ। तथापि, एप्पलको बटन क्यापासिटिभ हुनेभएकाले यसलाई थिच्दा यो सार्न नसकिने जनाइएको छ। साथै यो केवल क्यामरा एप्सहरूमा प्रयोग गर्नको लागि उपलब्ध हुने र तेस्रो पक्षहरूलाई पनि समर्थन गरिने जनाइएको छ।

यसमा डेभलपर एपीआई मार्फत पहुँचयोग्य फोर्स–सेन्सेटिभ हाफ–प्रेस हुने जनाइएको छ जसले फोटो खिच्नलाई पूर्ण रुपमा तल थिच्नु अघि एक्सपोजर र फोकसलाई लक गर्न इनेबल गर्ने उल्लेख गरिएको छ।

त्यसैगरी यो क्यापासिटिभ हुने भएकोले यसले ट्र्याकप्याड जस्तै कार्य गर्न पनि सक्षम हुनुका साथै यसमा औंला स्लाइड गर्दा विभिन्न कार्यहरू ट्रिगर गर्न सकिने जनाइएको छ।

एप्पलले यो गेस्चरलाई जुम इन र आउट गर्नको लागि प्रयोग गर्न सक्ने जनाइएको छ भने तेस्रो पक्ष विकासकर्ताहरूले यससँग अन्य चीजहरू गर्न सम्बन्धित एपीआई प्रयोग गर्न सक्षम हुनेछन् भनि जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: १० भाद्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया