आइसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक, अनलाइन भोटिङ सुरु

  • Technology Khabar | ९ श्रावण २०७५, बुधबार
आइसिटी अवार्डमा उत्कृष्ट पाँच सार्वजनिक, अनलाइन भोटिङ सुरु

काठमाडौं ।

काठमाडौं । तेस्रो संस्करणको आइसिटी अवार्ड २०१८ मा विभिन्न चरणको छनोट प्रक्रियाबाट प्रडक्ट र स्टार्टअप विधामा उत्कृट पाँचको छनोट भएको छ । साउन ८ गते अवार्डको छनोट समितीले दुई विधामा उत्कृष्ट ५ को नाम सार्वजनिक गरेको हो ।

आयोजकका अनुसार स्टार्टअप कम्पनी अवार्डमा सेलएप इनोभेसन, एकघन्टी सर्भिसेस, नेपाली पैसा मिडिया प्रालि, पिपल डेभलपमेन्ट ल्याब प्रालि र सारथी प्रालि उत्कृष्ट ५ कम्पनीको सूचीमा पर्न सफल भएका छन् । यसैगरी आइसोलुसन लाइफ, सारथी, स्मार्टपालिका, थर्डविल नेपाल र उद्यमी नेपाल उत्कृष्ट ५ प्रडक्टमा पर्न सफल भएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए ।

असार १ देखि १९ गतेसम्म खुला गरिएको अनलाइन नोमिनेसनमा विभिन्न ७ विधामा एक सयभन्दा बढीको आवेदन आएको थियो । स्टार्टअप कम्पनी अवार्डमा २७ र प्रडक्ट अवार्डमा २५ को नोमिनेसन दर्ता भएको र विभिन्न तीन चरणको छनोटबाट उत्कृष्ट पाँच सार्वजनिक गरिएको हो । तेस्रो चरणको छनोटका रूपमा साउन ५ गते प्रतिस्पर्धीहरुको प्रिजेन्टेसन तथा स्पिड डेटिङ सम्पन्न भएको थियो । उक्त प्रिजेन्टेसन तथा स्पिड डेटिङबाट १० जनाको जुरी समूहले तेस्रो चरणको छनोटमा १२ बाट उत्कृष्ट पाँच छनोट गरिएको हो ।

उत्कृष्ट ५ मा पर्न सफल कम्पनी तथा प्रडक्टहरुका लागि बुधवारदेखि १० दिनका लागि अनलाइन तथा एसएमएस भोटिङ सञ्चालन हुनेछ । १० दिनसम्मको भोटिङ र जुरीको मूल्यांकनका आधारमा सर्वोत्कृष्टलाई विशेष अवार्ड प्रदान गरिने आयोजक समितिका अध्यक्ष राजन लम्सालले जानकारी दिए ।

भदौ १ गते होटल ¥याडिसनमा हुने विशेष कार्यक्रममा विभिन्न ७ विधाका सर्वोत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट हुने स्टार्टअप तथा प्रडक्टलाई अवार्डसँगै थप लगानीको अवसर जुटाउन सहकार्य गरिने जुरी सदस्य तथा सुस्मित इन्भेस्टमेन्टका सिइओ सुशील पोखरेलले जानकारी दिए । यो अववार्ड कार्यक्रम प्रविधिको क्षेत्रमा काम गरिरहेका स्टार्टअप तथा उद्यमीहरुका लागि राम्रो प्लेटफर्म रहेको पोखरेलले बताए ।

अवार्डका सल्लाहकार तथा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रको बृहत्तर विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण रहेको बताए ।

कसरी गर्ने अनलाइन र एसएमएस भोटिङ ?

उत्कृष्ट ५ मा परेका स्टार्टअप कम्पनी तथा प्रडक्टहरुका लागि जोकोहीले अनलाइन तथा एसएमएसमार्फत भोट गर्न सक्नेछन् ।

अनलाइनबाट भोटिङ गर्नका लागि वेबसाइट www.ictaward.org/vote मा गएर मन परेको कम्पनी वा प्रडक्टलाई भोट गर्न सकिनेछ । यसैगरी एसएमएस भोटिङका लागि मोवाइलमा क्ष्ऋत् टाइप गरि कम्पनी तथा प्रडक्टको कोड राखेर ३३००१ मा एसएमएस पठाएर भोट गर्न सकिनेछ । भोटिङ साउन १८ अर्थात ३ अगस्टसम्म खुला रहनेछ । भोटिङको विस्तृत जानकारी वेबसाइट तथा फेसबुक पेजमा उपलब्ध छ ।

प्रकाशित: ९ श्रावण २०७५, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...