Technology Khabar ४ भाद्र २०८१, मंगलवार
काठमाडौं ।
गत आर्थिक वर्ष २०८०/८१ मा दूरसञ्चार उपकरण र पार्टपुर्जा नेपालमा आयात हुने शीर्ष वस्तुहरुको शीर्ष सातौं नम्बरमा रहेको पाइएको छ।
हालै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मको बृहत् आर्थिक विवरण अनुसार दूरसञ्चार उपकरण र पार्टपुर्जाहरु यो आर्थिक वर्षभरी नेपालमा आयात भएका शीर्ष २० प्रकारका सामग्रीहरुको सूचीमा ७ औं नम्बरमा रहेको हो।
यो अवधिमा नेपालमा विश्वका विभिन्न देशहरुबाट गरी ३७ अर्ब १३ करोड ७१ लाख बराबरका दूरसञ्चार उपकरण र पार्टपुर्जा आयात भएका छन्। यो आँकडा यो आर्थिक वर्षमा गरिएको समग्र आयातको लगभग २.३ प्रतिशत हिस्सा (लेखापरीक्षण हुन बाँकी) भएको तथ्याङ्कमा उल्लेख छ।
वार्षिक हिसाबले हेर्दा दूरसञ्चार उपकरण र पार्टपुर्जाको आयात अघिल्लो आर्थिक वर्ष अर्थात् सन् २०२२/२३ को तुलनामा २ प्रतिशतले उकालिएको छ। अघिल्लो आर्थिक वर्ष अर्थात् सन् २०२२/२३ मा नेपालमा ३७ अर्ब ४० करोड २२ लाख बराबरको दूरसञ्चार उपकरण र पार्टपुर्जा आयात भएको थियो।
यो अवधिमा समग्रमा १५ खर्ब ९२ अर्ब ९८ करोड ५५ लाख बराबरका सामग्री आयात भएकोमा शीर्ष २० वर्गले ५७५ प्रतिशत र बाँकी अन्य वर्गले ४२५ हिस्सा ओगटेका छन् । शीर्ष २० वर्गको सूचीमा सबैभन्दा बढी ३ खर्ब ६५ करोड ७ लाख बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। यसले कुल आयातको १८.९ प्रतिशत हिस्सा ओगटेको छ।
यसैगरी दोस्रोमा ७८ अर्ब ८५ करोड १९ लाख बराबरको अन्य मेशीनरी तथा पार्ट आयात भएको छ। तेस्रोमा परेको यातायात उपकरण, सवारी तथा अन्य सवारीका पार्टपुर्जाले बजार हिस्साको ४२ प्रतिशत ओगटेको छ भने यी सामानहरु आयातका लागि देशबाट ७८ अर्ब १ करोड ५ लाख रुपैयाँ बाहिरिएको छ।
यसैगरी चौथो स्थानमा बजार हिस्सा २.९ अओगटेको औषधी, पाँचौंमा २.४ प्रतिशत बजार हिस्सा ओगटेको स्पञ्ज आइरन र छैटौंमा २.४ प्रतिशत बजार हिस्सा ओगटेको इलेक्ट्रिकल सामग्रीहरु रहेका तथ्याङ्कले देखाएको छ।
यो विवरणमा विद्युत आयात/निर्यातलाई समावेश गरिएको छैन।
प्रकाशित: ४ भाद्र २०८१, मंगलवार