
काठमाडौं ।
काठमाडौं । बृहत प्रोपर्टी सोलुसन्स् (बिपिएस) ले आयोजना गरेको १३औं ब्याचको रियल इस्टेट मार्केटिङ एजेन्ट (रिमा) तालिम सम्पन्न भएको छ । ‘बिपिएस’ रियल इस्टेट क्षेत्रमा नेपालको प्रतिष्ठित व्यावसायिक समूह ‘बृहत ग्रूप’ अन्तर्गतको कम्पनी हो ।
१९ देखि २१ ज्ुालाइ २०१८ सम्म काठमाडौंमा आयोजित १३औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठान समेतका ११ जनाको सहभागिता थियो ।
तालिममा रियल इस्टेट करिअर बारे आधारभुत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथा बिमा, प्रोपर्टी इभ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निक लगायतका विषयहरु समेटेको थियो ।
दक्ष रिमा उत्पादन मार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले ९ वर्ष अघि देखी यस्तो तालिमको आयोजना गर्दै आएको जनाएको छ ।
प्रकाशित: ६ श्रावण २०७५, आईतवार