भन्सार छलेर भित्र्याइएका मोबाइल सेट र जुत्ताचप्पल बरामद

  • Technology Khabar | ३१ श्रावण २०८१, बिहीबार
भन्सार छलेर भित्र्याइएका मोबाइल सेट र जुत्ताचप्पल बरामद
सांकेतिक तस्बिर।

काठमाडौं ।

स्थानीय प्रशासनले भन्सार छलेर भित्र्याइएका रु सात लाख ६७ हजार बराबरका मोबाइल सेट, जुत्ता, चप्पललगायतका समान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले बरामद गरिएका समान मेची भन्सार कार्यालयलाई बुझाइएको बताए।

बुधबार बेलुका बिर्तामोडको अदुवा खोलास्थित भारतमा दर्ता भएको गाडी जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका प्रयोग भइसकेका विलविजक नभएका १२ थान मोबाइल बरामद गरिएको हो।

गैरकानुनी काममा प्रयोग भएको गाडी र त्यसका चालक मेचीनगर नगरपालिका– १० का सुर मुखियालाई पनि भन्सार कार्यालय पठाएको छ।रासस

प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार