Technology Khabar ३१ श्रावण २०८१, बिहीबार
काठमाडौं ।
गत २०१६ को अप्रिलमा इलन मस्कले आफ्नो आउँदै गरेको टेस्ला मोडेल ३ गाडी प्रि अर्डर निम्तो गरेका थिए। तीमध्ये विशाल गोण्डलले १ हजार डलर तिरेर पहिलो मोडल ३ अर्डर गरेका थिए तर हालसम्म उनले डेलिभरी पाएका छैनन्।
भारतको मुम्बईमा स्वास्थ्य प्रविधिसम्बद्ध एउटा स्टार्टअपका संस्थापक तथा सीईओका रुपमा रहेका गोण्डललाई उक्त कार भारतमा कहिले आउँछ र यसको कति मूल्य पर्छ भन्ने पक्का जानकारी थिएन। तर इलन मस्कका फ्यान रहेका उनी मोडल ३ गाडीबारे निकै उत्सुक थिए र यसका लागि जति कुर्न पनि उनी तयार भए।
टेस्लाले भारतमा आफ्ना कार सार्वजनिक गर्ने घोषणा गरेको ८ वर्ष बित्दासम्म अन्य थुप्रै कम्पनीले आफ्ना विद्युतीय कार उपलब्ध गराइसकेका एपीन्युजले जनाएको छ। तर प्रतिज्ञ गरेको ८ वर्षसम्म पनि टेस्लाले भारतमा कार उपलब्ध गराउन सकेको छैन।

यसो हुनुमा कर प्रणालीका कारण भारतमा टेस्लाका कारहरु अपेक्षा गरेभन्दा निकै महंगो हुन जाने सम्भावना पनि एउटा हो। एपीन्युजले जनाए अनुसार यसबाहेक टेस्लाले चीनबाहिर आफ्ना उत्पादन निर्यात गर्नुपरेमा भारतमा फ्याक्ट्री स्थापना गर्नुपर्ने कठिनाई अर्को कारण रहेको छ।
६ वर्षसम्म कार डेलिभरी नपाएका र कम्पनीको भारतमा के कस्तो योजना रहेको छ भन्ने आधिकारिक जानकारी समेत नपाएका गोण्डलले जर्मनी कार निर्माता आउडीको विद्युतीय कार किने। आफ्नो साथीमार्फत् भारतमा रहेको टेस्लाका सेल्स म्यानेजरसँग सम्पर्क गरेर उनले आफ्नो १ हजार डलर गत जनवरीमा फिर्ता पाए।
भारत सवारी साधन निर्माणमा चीन र अमेरिकापछि तेस्रो नम्बरमा रहँदै आएङ्कव छ। सन् २०२३ मा भारतमा बेचिने कारको औसत मूल्य १४ हजार डलर हाराहारी हुने गरेकोमा अमेरिकामा बेचिने कारको औसत मूल्य ४७ हजार डलरसम्म पर्ने गरेको थियो।
अमेरिकामा एउटा टेस्ला कारको मूल्य ४० हजार डलर पर्छ जुन मूल्य भारतका हिसाबले कुनै लग्जरी कारको मूल्य होर यति रकम तिरेपछि उपभोक्ताले उत्कृष्ट स्तरको बिक्रीपछिको सेवाको पनि माग गर्ने गर्छन्।’टेस्ला ठूलो प्रविधि कम्पनी होला तर उनीहरुसँग कुनै लग्जरी कार बेच्ने ढंग छैन, गोण्डलले भने।
उता टेस्लाका मालिक इलन मस्कले भने सन् २०१९ मा देखाएको जोश र उत्सुकताका बावजूद हाल आएर आयात करका कारण भारतमा बनेका ईभीहरुको मूल्य दुई गुणा हुन जाने भएकाले मानिसहरुको क्षमताभन्दा माथि पुग्ने र उपभोक्ताको रोजाईमा नपर्ने चिन्ता व्यक्त गरेका छन्।
प्रकाशित: ३१ श्रावण २०८१, बिहीबार