कसरी ह्याक भयो राष्ट्रिय भलिबल टोलीकी स्पाइकर उषा भण्डारीको फेसबुक पेज?

  • Technology Khabar | २९ श्रावण २०८१, मंगलवार
कसरी ह्याक भयो राष्ट्रिय भलिबल टोलीकी स्पाइकर उषा भण्डारीको फेसबुक पेज?
तस्बिर सौजन्य: उषा भण्डारीको फेसबुक

काठमाडौं ।

राष्ट्रिय महिला भलिबल टोलीकी प्रभावशाली उषा भण्डारीको फेसबुक पेज ह्याक भएको छ । स्पाइकर भण्डारीले ६ वर्षअघिदेखि  प्रयोग गर्दै आएको फेसबुक पेज अहिले ह्याक भएको हो।

भण्डारीले नयाँ फेसबुक पेज खोलेर सोमबार एउटा  स्टाटस लेख्दै आफ्नो पुरानो पेज ह्याक भएको आधिकारिक जानकारी दिएकी हुन्।

उनले नयाँ पेजको स्टाटसमा लखेकी छिन्, ‘मेरो पुरानो अफिसियल फेसबुक पेज केही समय अघि ह्याक भएको थियो। धेरै प्रयास गर्दा पनि त्यो पेजलाई फिर्ता ल्याउन सकिएन। त्यसैले अहिले नयाँ अफिसयल पेज खोलेको छु। यसै मार्फत हामी जोडिनेछौं। आशा छ तपाईंहरुको माया र साथ पहिले जस्तै पाउनेछु । धन्यवाद, उषा भण्डारी’

यो नयाँ पेजमा यो समाचार तयार पारुञ्जेल १.३ के अर्थात् १ हजार ३०० लाइक तथा २.१ के अर्थात् २ हजार १ सय फलोअर रहेका छन्। नयाँ पेजमा सोमबार साँझ ६ बजे हाराहारी प्रोफाइल पिक्चर राखिएको छ भने साँझ ५ बजे उक्त स्टाटस लेखिएको देखिन्छ। तलको लिंकमा क्लिक गरेर स्पाइकर भण्डारीको नयाँ पेजमा भिजिट गर्न सकिन्छ।

उषा भण्डारीको नयाँ आधिकारिक फेसबुक पेज

२४ हजार फलोअर रहेको उनको पुरानो पेज ह्याक भएको हो भने हाल उक्त पेजमा अश्लील सामग्रीको प्रचार भइरहेको पाइएको छ।

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Meta ordered to pay 567 mln USD to address children’s mental health

  • Technology Khabar
  • २९ श्रावण २०८१, मंगलवार