इन्टरनेट सेवा प्रदायक इन्फोकम प्रालिको लाइसेन्स खारेज

  • Technology Khabar | २९ श्रावण २०८१, मंगलवार
इन्टरनेट सेवा प्रदायक इन्फोकम प्रालिको लाइसेन्स खारेज

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायककारुपमा काम गरिरहेको इन्फोकम प्रा. लि. को इजाजत पत्र (लाइसेन्स) खारेज गरेको छ।

प्राधिकरणले काठमाडौको हात्तिसारमा कार्यलय रहेको इन्फोकम प्रालिलाई गत २०५६/०३/१५ मा इन्टर्नेट (इ-मेल सहित) सेवाको अनुमति प्रदान गरेको थियो।

अनुमतिपत्र नं. फि.ज. १-०९ रहेको उक्त कम्पनीको इजाजतको समयावधि यही २०८१/०३/१४ सम्म रहेकोमा सेवा प्रदायक आफैंले थप सेवा सञ्चालन गर्न नचाहेको जानकारी गराएका कारण इजाजत खारेज गरिएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणले एक सार्वजनिक सूचाम जारी गर्दै इन्फोकम प्रालिलाई प्रदान गरिएको अनुमतिपत्रको अवधि दूरसञ्चार ऐन, २०५३ को दफा २५ (१) बमोजिम समाप्त भइसकेको जनाएको हो।

यसबाहेक इन्फोकमले आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षण गरिएको (अडिटेड) वित्तीय विवरण अनुसार तिर्न/बुझाउन पर्ने ग्रामीण दूरसञ्चार विकास कोष तथा रोयल्टी दस्तुर वापतको रकम यथाशीघ्र बुझाउनका लागि प्राधिकरणमा सम्पर्क गर्न समेत नियामकले भनेको छ।

प्रकाशित: २९ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार