
काठमाडौं ।
गण्डकी प्रदेश सरकारले प्रदेशवासीलाई सित्तैमा प्रदान गर्दै आएको हेमोडायलासिस सेवा व्यवस्थित गर्न छुट्टै सफ्टवेयर बनाइएको छ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा बनेको सफ्टवेयर बुधबारबाट प्रयोग गरिएको हो । अहिले गण्डकी प्रदेशका ११ अस्पतालका १७ युनिटबाट डायलासिस सेवा प्रवाह भइरहेको छ।
गण्डकी प्रदेशमा ७७३ जनाले डायलासिस सेवा लिइरहेको स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोदविन्दु शर्माले बताए। सचिव शर्माले प्रदेश सरकारले जनतालाई निःशुल्क रूपमा डायलासिस सेवा दिन ठुलो रकम खर्चिंदै आएको उल्लेख गरे।
प्रकाशित: ३० श्रावण २०८१, बुधबार