Technology Khabar ३ श्रावण २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले आफ्नो नयाँ स्मार्टफोन एमआई म्याक्स थ्री (Xiaomi Mi Mix 3) लन्च गरेको छ । नयाँ फोनको जानकारी लीक भएको निकै सातापछि कम्पनीले नयाँ फोन चीनमा सार्वजनिक गरेको हो ।
यो फोन यसअघिको एमआई म्याक्स टू को अपडेटेड भर्सन हो जसमा ७ नयाँ सूधारहरु गरिएको छ । यसमा डिजाइन, डिस्प्ले, ब्याट्रि, रियर क्यामरा, फ्रन्ट क्यामरा, प्रोसेसर, र बायोमेट्रिक रिकोग्निसन फीचर थप गरिएको छ ।
शाओमी एमआई म्याक्स थ्रीमा ६.९ इन्चको फूल एचडी प्लस डिस्प्ले तथा आइपीएस प्यानलका साथमा १८ः९ एस्पेक्ट रेशियो रहेको छ ।
फूल यूनिबडी डिजाइनका साथमा मेटल ब्याक प्यानल राखिएको फोनमा २.५ डी कब्र्ड ग्लास प्रयोग गरिएको छ ।
फोनमा १.८ गीजाहर्ज अक्टाकोर स्न्यापड्रागन ६३६ १४ नानोमिटरको प्रोसेसर छ भने एड्रीनो ५०९ जीपीयू राखिएको छ ।
चार जीबी र्याम भएको यो फोनमा ६४ जीबी आन्तरिक स्टोरेज रहेको छ । त्यस्तै अको भेरिएन्टमा ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज राखिएको छ ।
एन्ड्रोयड ८.१ ओरियोमा आधारित एमआईयूआईमा संचालन हुने फोनमा हाइब्रिड ड्यूल सिम ट्रे उपलब्ध छ ।
फोनमा ५,५०० एमएएचको ब्याट्री राखिएको छ भने चार्जका लागि क्वालकम क्विक चार्ज ३.० फास्ट चार्जिंग सपोर्ट आउनेछ ।
फोटोका लागि शाओमी एमआई मिक्स ३ मा १२ प्लस ५ मेगापिक्सेलको ड्यूल रियर क्यामरा छ भने फ्रन्टमा ८ मेगापिक्सेलको सेल्फी क्यामरा छ । फोनमा फोरजी भीओएलटिई, वाईफाई, ब्लूटूथ ५, जीपीएस, यूएसबी टाइप सी पोर्ट राखिएको छ ।
यो फोन ब्ल्याक स्टोन, डिप सि ब्लू, र ड्रिम गोल्ड कलर अप्सनमा उपलब्ध हुनेछ ।
चार जीबी र्याम र ६४ जीबी आन्तरिक स्टोरेज भएको भेरिएन्टको मूल्य १,६९९यूआन अर्थात करिब २८ हजार ८ सय ८३ रुपैयाँ रहेको छ ।त्यस्तै अर्का ६ जीबी र्याम तथा १२८ जीबी स्टोरेज भएको फोनको मूल्य १,९९९ यूआन अर्थात करिब ३३ हजार ९ सय ८३ रुपैयाँ तोकिएको छ ।
चीनमा जुलाई २० तारिखदेखि बिक्रिका लागि उपलब्ध हुने यो फोन अन्य बजारमा भने केहि महिनापछि मात्र आउनेछ ।
प्रकाशित: ३ श्रावण २०७५, बिहीबार