जुनेली इंकको नयाँ प्रोडक्ट बजारमा, दशैंसम्ममा जोडिने ग्राहकलाई विशेष छुट

  • Technology Khabar | २८ श्रावण २०८१, सोमबार
जुनेली इंकको नयाँ प्रोडक्ट बजारमा, दशैंसम्ममा जोडिने ग्राहकलाई विशेष छुट

काठमाडौं ।

प्रविधि क्षेत्रमा काम गरिरहेको कम्पनी जुनेली इंकले नयाँ प्रोडक्ट ‘जुनेली ट्रेडिङ्ग एकाउन्ट सफ्टवेयर’ (Jooneli Trading accounting software) बजारमा ल्याएको छ।

पूर्ण परिक्षण पस्चात बजारमा प्रवेश गरेको यो प्रोडक्टले प्रयोगकर्तालाई पारदर्शी र शुद्धता प्रदान गर्नेमा कम्पनी विश्वस्त रहेको जनाएको छ।

साना तथा ठुला सबै व्यवसायको लागि उपयोगी यो सफ्टवेयर विशेषगरी मार्ट, पसल, हार्डवेयर, सुपरमार्केट, होटेल,रेस्टुरेन्ट, क्यान्टीन र म्यानुफ्याक्चरिङ्ग कम्पनीहरुको लागि उपयुक्त रहेको कम्पनीको विजनेस डेभलपमेन्ट अफिसर सुलोचना कडेलले जानकारी दिईन्।

यसका अन्य विशेषताहरुमा, दक्षता, शुद्धता, पहुँच, अनुकूल, पूर्ण परीक्षण भएकोले प्रयोगकर्ताले ढुक्कसँग यो प्रोडक्टको सुबिधा लिन सक्ने बताईएको छ। साथै लन्चिङ्ग पिरियडलाई मध्यनजर गर्दै २०८१ मंसिर १५ सम्मको लागि २० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ।

प्रकाशित: २८ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार