लगानी नाफा बढेसँगै जापानको सफ्टबैंकले घटायो समग्र ‘घाटा’ को परिमाण

  • Technology Khabar | २४ श्रावण २०८१, बिहीबार
लगानी नाफा बढेसँगै जापानको सफ्टबैंकले घटायो समग्र ‘घाटा’ को परिमाण

काठमाडौं ।

जापानी प्रविधि क्षेत्रको चर्चित लगानीकर्ता सफ्टबैंक ग्रुप कर्पले अघिल्लो वर्षको तुलनामा गत वर्षको अन्तिम त्रैमासमा घाटाको मात्रा घटेको जनाएको छ।

टोक्योमा रहेको सफ्टबैंकले यो वर्षको अप्रिलदेखि जुनसम्मको त्रैमासमा १७४ अर्ब  येन अर्थात् १ अर्ब २० करोड डलर घाटा ब्यहोरेको छ जुन अघिल्लो वर्षको सोही अवधिमा ब्यहोरेको ४७८ अर्ब येनको तुलतामा निकै कम हो।

अमेरिकाको अफिस स्पेस सेयरिङ कम्पनी वीवर्क, चिनियाँ ईकमर्स कम्पनी अलिबाबा तथा दूरसञ्चार कम्पनी टी मोबाइललगायतका विश्वका विभिन्न प्रविधि कम्पनीहरुमा लगानी रहेको सफ्टबैंकको त्रैमासिक बिक्री ९ प्रतिशतले बढेको छ।

बैंकले आफ्ना लगानी सञ्चालनको पथ गत वर्षको तुलनामा उल्लेख्य रुपमा सुधार भएको छ जस अनुसार उसले ५६० अर्ब येन अर्थात् ३ अर्ब ८० करोड डलर फाइदा गरेको छ।

सन् २०२३ मा च्याप्टर ११ ब्याङ्क्रप्सी प्रोटेक्शन अर्थात् दिवालियापनबाट सुरक्षाका लागि निवेदन दिएको वीवर्क यो जुन ११ बाट पुन: ब्युँतिएको छ। यसैगरी आर्टिफिसियल इन्टेलिजेन्स तथा प्रोसेसर कम्पनी आर्मको बिक्री पनि बढेको छ भने अलिबाबा तथा टी मोबाइलमा गरिएको लगानीको नाफा पनि उल्लेख्य मात्रामा बढेको एपीन्युजले जनाएको छ।

सफ्ट बैंक भिजन फण्डको शेयरमूल्य बढेका कारण यहाँ पनि ३२ अर्ब येन अर्थात् लगभग २२ करोड डलर फाइदा भएको छ। तर टोयोटालगायतका जापनी निर्यातकर्ताका लागि वरदानसिद्ध भएको कमजोर येन सफ्टबैंकका लागि भने नकारात्मक बन्यो । जसले गर्दा दोस्रो त्रैमासमा ४४९.३ अर्ब येन अर्थात् ३ अर्ब डलर बराबर घाटा ब्यहोर्नुपर्यो।

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार