पृथ्वीबाट टाढिँदै चन्द्रमा, आगामी समय पृथ्वीमा २४ को सट्टा २५ घण्टाको दिन हुनसक्ने

  • Technology Khabar | २४ श्रावण २०८१, बिहीबार
पृथ्वीबाट टाढिँदै चन्द्रमा, आगामी समय पृथ्वीमा २४ को सट्टा २५ घण्टाको दिन हुनसक्ने
फोटो सौजन्यः नासा

काठमाडौं ।

विस्कन्सिन–म्याडिसन विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले चन्द्रमा बिस्तारै ग्रह (पृथ्वी) बाट टाढा जाँदा पृथ्वीको २४ घण्टाको दिन अन्ततः २५ घण्टाको दिन बन्न सक्ने बताएको छन्।

अनुसन्धानका अनुसार चन्द्रमा प्रति वर्ष करिब ३.८ सेन्टिमिटरको दरले पृथ्वीबाट टाढा सरिरहेको छ। यो क्रमिक बहावले गर्दा अब लगभग २०० मिलियन वर्षमा पृथ्वीको दिनहरू २५ घण्टासम्म विस्तार हुनेछ।

१.४ अर्ब वर्ष पहिले १८ घण्टाको एक दिन

प्रोसिडिङ्स अफ द नेसनल एकेडेमी अफ साइन्सको वैज्ञानिक जर्नलमा प्रकाशित अध्ययनले करिब १ अर्ब ४० करोड वर्षअघि चन्द्रमा पृथ्वीको नजिक हुँदा एक दिनमा १८ घन्टा मात्रै हुने गरेको खुलासा गरेको छ। पृथ्वी र चन्द्रमा बीचको दूरी बढ्दै गएपछि हाम्रो ग्रहमा एक दिनको लम्बाइ पनि बढेको अनुसन्धानकर्ताहरूले थप बताएका छन्।

पृथ्वीको ढिलो परिक्रमा पछाडि रहेका टाइडस (ज्वारभाटा)

रोयल होलोवे, लन्डन विश्वविद्यालयका जियोफिजिक्सका प्रोफेसर डेभिड वाल्थमले पृथ्वीमा रहेका टाइडल (ज्वारभाटा) ले यसको परिक्रमा सुस्त बनाउँछ र चन्द्रमाले कोणीय गतिको रूपमा त्यो ऊर्जा प्राप्त गर्ने बताएका छन्।

हाल चन्द्रमा पृथ्वीबाट औसत ३ लाख ८४ हजार ४ सय किमी (२३८,८५५ माइल) टाढा रहेको छ र एक सिङ्गल अर्बिट (एकल परिक्रमा) पूरा गर्न लगभग २७.३ दिन लाग्छ।

प्रकाशित: २४ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Prime College and InternSathi partner to strengthen student career development

  • Technology Khabar
  • २४ श्रावण २०८१, बिहीबार