Apple

एप्पलले आफ्नो अपरेटिङ सिस्टमहरूको लागि पाँचौं डेभलपर बिटा रोल आउट गर्यो

एप्पलले आफ्नो अपरेटिङ सिस्टमहरूको लागि पाँचौं डेभलपर बिटा रोल आउट गर्यो
Global IME Bank

एप्पलको फल सिस्टम अपडेटहरूमा नवीनतम थपहरूको रुपमा आईओएस १८, आईप्याडओएस १८, म्याकओएस सेक्वेए, वाचओएस ११, भिजनओएस २ र टिभीओएस १८ को लागि पाँचौं डेभलपर (विकासकर्ता) बिटा ल्याएको छ।

आईओएस १८ बिटा ५ २जीबीमा आएको र सुधारिएको कनेक्टिभिटी (जडान) को लागि नयाँ मोडेम अपडेट ल्याएको उल्लेख छ। आईओएस १८, आईप्याडओएस १८ र म्याकओएस सेक्वेयमा सफारीले नयाँ डिस्ट्र्क्याक्सन कन्ट्रोल फिचर (सुविधा) पाउने भएको छ, जसले प्रयोगकर्ताहरूलाई अप्सन मेनुबाट झर्को लाग्दो पप–अप विज्ञापनहरू लुकाउन अनुमति दिनेछ।

त्यसैगरी नयाँ लेआउट प्राप्त गरेको फोटोज एपले अब क्यारोसेल भ्यूको साथमा नयाँ कस्टमाइज (अनुकूलन) र रिअर्डर अप्सन्स हटाउँछ जसले प्रयोगकर्ताहरूलाई आफ्नो फोटो कलेक्सन्स (सङ्कलनहरू) व्यवस्थापन गर्न अनुमति दिने उल्लेख छ।

यसबाहेक होम स्क्रिनले नयाँ इडिट पेजेस अप्सन (पृष्ठहरू सम्पादन गर्ने विकल्प) पाएको छ। म्याप्स (नक्सा) र फाइण्ड माई एप आइकनहरू पनि नयाँ डिजाइनहरूसँग अद्यावधिक गरिएको जनाइएको छ। कन्ट्रोल सेन्टरमा रहेका आइकनहरूसँग अब थप पारदर्शी डिजाइन रहेको छ।

नयाँ सफ्टवेयर रिलिजहरूमा बग फिक्स र सामान्य सुधारहरू पनि समावेश रहेका छन्। यद्यपि प्रयोगकर्ताहरूलाई आफ्नो प्राथमिक डिभाइसहरूमा बीटा सफ्टवेयर स्थापना गर्न सल्लाह दिइएको छैन र स्थापना गर्नु अघि प्रयोगकर्ताहरूले सधैं आफ्नो डाटाको ब्याकअप परफर्म गर्नुपर्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

Sajilo Visa
easy care