एप्लिकेसन

हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएकोमा मेटाले माग्यो माफी

हमास नेताबारे मलेसियाली प्रधानमन्त्रीको पोस्ट हटाएकोमा मेटाले माग्यो माफी
फोटो सौजन्यः इनग्याजेट
Global IME Bank

मेटा प्लेटफर्मले मंगलबार मलेसियाली प्रधानमन्त्री अनवर इब्राहिमसँग माफी मागेको छ। इब्राहिमले आफ्नो फेसबुक र इन्स्टाग्राममा गत हप्ता हमासका नेता इस्माइल हानियेको हत्या भएकोबारे गरेको पोस्ट मेटाले हटाइदिएको थियो ।

मलेसियाले हानियेको मृत्युमा शोक व्यक्त गर्दै लेखेको पोस्ट हटाएकोबारे मेटासँग स्पष्टीकरण माग गरेको थियो। ‘हामी सञ्चालन गल्तीका कारण मलेसियाली प्रधानमन्त्रीको फेसबुक र इन्स्टाग्रामबाट हटाइएकोमा क्षमा प्रार्थी छौं, हाल उक्त पोस्ट समाचारीय मूल्य मान्यतासहित पुन: राखिसकिएको छ’, मेटाका प्रवक्ताले आफूहरुलाई इमेलमा पठाएङ्को समाचार संस्था रोयटर्सले जनाएको छ।

मलेसियाका सञ्चारमन्त्री तथा प्रधानमन्त्री कार्यालयका सदस्यहरुले सोमबार बयान/स्पस्टिकरणका लागि मेटाका प्रतिनिधिहरुलाई भेटेका थिए। ‘प्रधानमन्त्रीको कार्यालयले मेटाको यो कार्यलाई भेदभावपूर्ण, न्यायविरोधी र अभिव्यक्ति स्वतन्त्रताको गम्भीर हनन् भएको ठहर गरेको छ’, प्रधानमन्त्री कार्यालयले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Sajilo Visa
easy care