आसाममा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना गरिने, २७ हजार रोजगारीको अवसर

  • Technology Khabar | २० श्रावण २०८१, आईतवार
आसाममा टाटाको सेमीकन्डक्टर प्लान्ट स्थापना गरिने, २७ हजार रोजगारीको अवसर

काठमाडौं ।

आसामको मोरिगाउँमा २७ हजार करोडको लगानीमा टाटा समूहले सेमीकन्डक्टर प्लान्टको स्थापना गर्ने भएको छ।

सेमीकन्डक्टर उद्योग भविष्यको लागि आधारभूत आवश्यकता भएको र चिपहरू मानिसहरूले आफ्नो दैनिक जीवनमा गर्ने लगभग सबै कुराको हिस्सा हुन गइरहेको अवस्थामा टाटा समूहका अध्यक्ष एन चन्द्रशेखरनले उक्त उद्योग स्थापनाको घोषणा गरेका हुन्।

उहाँले उद्योग सन् केही समयमै अर्थात् सन् २०२५ मा सुविधा सम्पन्न भई सञ्चालनमा आउने विश्वास व्यक्त गरे।

“सेमिकन्डक्टर प्लान्ट भविष्यको लागि आधारभूत प्लान्ट हो । चिप्स हामीले हाम्रो दैनिक, औद्योगिक र उपभोक्ता जीवनमा गर्ने सबै कुराको हिस्सा हुन गइरहेको छ। यसले २७ हजार मानिसहरू १५ हजार प्रत्यक्ष रोजगारी र थप १२ हजार अप्रत्यक्ष रोजगारीहरू उत्पादन वा रोजगारी दिनछ,” अध्यक्ष चन्द्रशेखरनले थपे।

आसामका मुख्यमन्त्री हिमन्त विश्व शर्माले यस प्लान्टमा ११ हजारदेखि १३ हजार अप्रत्यक्ष रोजगारी सिजना गर्ने अपेक्षा गरिएको उल्लेख गरे।

यसैबीच, केन्द्रीय सूचना प्रबिधि मन्त्री अश्विनी वैष्णवले यो प्लान्ट धेरै ठूलो हुने र प्रति दिन करिब ४.८३ करोड चिप्स उत्पादन गर्ने बताए।

यस प्लान्टमा प्रयोग गरिने तीनवटै प्रमुख प्रविधिहरू भारतमा विकसित भएका प्लान्टमा उत्पादित चिपहरू विद्युतीय सवारीसाधनमा प्रयोग हुने र व्यावहारिक रूपमा हरेक ठूला कम्पनीले यी चिप्स प्रयोग गर्ने उनले उल्लेख गरे। रासस/एएनआई

प्रकाशित: २० श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार