अखिल नेपाल महिला सङ्घले डिजिटल मिडिया सञ्चालन गर्ने

  • Technology Khabar | १९ श्रावण २०८१, शनिबार
अखिल नेपाल महिला सङ्घले डिजिटल मिडिया सञ्चालन गर्ने

काठमाडौं ।

अखिल नेपाल महिलासङ्घले प्रविधिलाई प्राथमिकतामा राख्दै ‘डिजिटल मिडिया’ सञ्चालन गर्ने भएको छ। सङ्घको केन्द्रीय प्रचार तथा प्रकाशन विभागले त्यसको तयारी गरेको जनाएको छ।

सङ्घका ऐतिहासिक अभिलेख, दैनिक गतिविधि र योजनालगायत सामग्री समेटी डिजिटल मिडिया सञ्चालन गर्न लागिएको हो।

सङ्घका १४ विभाग, चार कमिटीका प्रमुख, उपप्रमुख तथा केन्द्रीय पदाधिकारीहरुको आजको बैठकमा यसबारे जानकारी गराइएको हो ।

डिजिटल मिडिया सञ्चालनका लागि वेवसाइटको डोमिन, लेआउटलगायतको काम भइरहेको र युट्युब सञ्चालनका पनि समेत तयारी सुरु गरिएको प्रचार तथा प्रकाशन विभागका उपप्रमुख सृजना आचार्यले जानकारी दिइन।

बैठकमा सङ्घका इन्चार्ज सीता पौडेलले पछिल्लो पुस्तालाई सङ्गठनमा आकर्षण गर्न सङ्घ प्रविधिमैत्री हुनुपर्नेमा जोड दिएका थिइन्। रासस

प्रकाशित: १९ श्रावण २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार