एआई बिल्डर कम्युनिटी ‘बिल्ड नेपाल’ आगामी साउन २० गते अनावरण गरिने

  • Technology Khabar | १७ श्रावण २०८१, बिहीबार

काठमाडौं ।

सूचना प्रविधि अध्ययन गरिरहेका कुशल मगरले नेपालमा बिल्ड क्लब नामक एआई बिल्डर कम्युनिटी अर्थात् एआई बनाउनेहरुको साझा समुदाय गठन गर्ने भएका छन् ।

बिल्ड क्लब विश्वमा द्रुत गतिमा वृद्धि भइरहेको एआई कम्युनिटी हो जसमा हालसम्म ४ हजारभन्दा बढी सदस्य भइसकेका छन्।

नेपालमा यो क्लब गठन गर्नुको उद्देश्य नेपालमै एउटा नवीन र सिर्जनात्मक एआई कम्युनिटी बनाएर नेपाली व्यवसायीलाई विश्वबजारका लागि उत्पादनहरु सिर्जना गर्न प्रोत्साहित गर्नु रहेको मगरको भनाई छ ।

मगरका अनुसार आर्टिफिसियल इन्टेलिजेन्समा रुची राख्ने इन्जिनियर तथा व्यवसायीहरुका लागि विशेष लक्षित गरिएको यो कार्यक्रम नेपालमा आगामी अगस्ट ४ तारिख अर्थात् साउन २० गते अनावरण हुने भएको छ ।

उक्त कार्यक्रममा सहभागिताका लागि तलको लिंकमा क्लिक गरेर https://lu.ma/event/manage/evt-NOWHUxBMvYdlCtl नाम दर्ता गर्न सकिनेछ । कार्यक्रम काठमाडौंको बसुन्धरामा रहेको रोयल कम्प्लेक्समा आयोजना हुनेछ ।

२० गते मध्याह्न १२ बजेदेखि बेलुकी ७ बजेसम्म चल्ने यो कार्यक्रम बिल्ड क्लब सिटी लिड कुशल थापा मगर तथा एन्नी लियाओले सञ्चालन गर्नेछन् । मगर जेक्या एआईका संस्थापक पनि हुन् ।

प्रकाशित: १७ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार