Technology Khabar १६ श्रावण २०८१, बुधबार
काठमाडौं ।
असुसले नेपाली बजारमा एआई ल्यापटप सार्वजनिक गरेको छ । गेमिङ ल्यापटपको दुनियाँमा राम्रो नाम कमाएको असुसले नेपाली बजारलाई लक्षित गर्दै एआई ल्यापटप भिभोबुक एस १५ सार्वजनिक गरेको बताइएको छ ।
नेपालका लागि असुसको आधिकारिक वितरक नागमणि इन्टरनेशनलले हालै उक्त ल्यापटप सार्वजनिक गरेको हो ।
तीन वटा प्रोसेसर सहित असुसको एआई ल्यापटप सार्वजनिक भएको कार्यक्रममा नागमणि इन्टरनेशनलका निर्देशक अमित सराफले जानकारी दिए ।
स्पेसिफिकेशन
उनका अनुसार असुस भिभोबुक एस १५ मा १२ कोर भएको आर्ममा आधारित क्वालकमको स्न्यापड्र्यागन एक्स ईलाइट प्रोसेसर प्रयोग गरिएको छ । यो एप्पलको एम थ्री चीपभन्दा पनि फास्ट रहेको कम्पनीको दावी छ ।
यसमा क्वालकमको ओरेन सिपियु र हेक्जागन एनपीयु (न्युरल प्रोसेसिङ युनिट) पनि रहेको उनले जानकारी दिए । एआई सुविधायुक्तले सिपियु र जीपीयुलाई फ्री गर्ने भएकाले एकै पटक धेरै काम गर्न सकिने उनको तर्क थियो ।
विन्डोज ११ अपरेटिङ सिस्टम रहेको यो ल्यापटपमा १६ जीबी र्याम र एक टीबी (टेराबाइट) एसएसपी स्टोरेज रहेको छ । ल्यापटपको र्यामलाई आवश्यकता अनुसार ३२ जाबीसम्म बढाउने सकिने नागमणिले जानकारी दिएको छ ।
ल्यापटपले १८ घण्टासम्म ब्याट्री ब्याक अप दिने कम्पनीको दावी छ । यसमा आरजीबी किबोर्ड समेत राखिएको छ । असुस भिभोबुक एस १५ मा युएसबी, एचडीएमआई, वाइफाई ७, अडियो ज्याक, माइक्रो एसडी कार्ड रिडर लगायत सुविधा समेत रहेको छ ।
मूल्य र उपलब्धता
असुस भिभोबुक एस १५ को मूल्य २ लाख ९ हजार ९०० रुपैयाँ रहेको र उक्त ल्यापटपको २ वर्षको वारेन्टी अनि एक्सिडेन्ट ड्यामेज प्रोडेक्ट सेवा समेत रहेको कम्पनीले जानकारी दिएको छ ।
यो सुविधामार्फत ग्राहकले पहिलो वर्ष भौतिक रुपमा भएको नोक्सानको मर्मत शुल्कको ८० प्रतिशत सम्म छुट पाउन सक्ने र यो सुविधा भने नेपालमा खरिद गरिएका ल्यापटपमा मात्र भएको समेत कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित: १६ श्रावण २०८१, बुधबार