यूएईले किन रोक्यो एआई संस्था जी४२ र अमेरिकी कंग्रेस प्रतिनिधिबीचको भेट?

  • Technology Khabar | १६ श्रावण २०८१, बुधबार
यूएईले किन रोक्यो एआई संस्था जी४२ र अमेरिकी कंग्रेस प्रतिनिधिबीचको भेट?

काठमाडौं ।

संयुक्त अरब इमिरेट्स (यूएई)ले यसै महिना हुने भनिएको अमेरिकी कांग्रेसका प्रतिनिधि र स्थानीय एआई संस्था जी४२ बीचको भेट रद्द गरिदिएको छ ।

कंग्रेसका एक प्रवक्ताका अनुसार यसो हुनुको मुख्य कारण अमेरिकी नीतिनिर्माताहरुले शक्तिशाली अमेरिकी एआई प्रविधि उक्त कम्पनीले चीनतर्फ पठाउन सक्ने चिन्ता व्यक्त गर्नु रहेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।

अमेरिकाका लागि यूएईका राजदूतले व्यक्तिगत रुपमा हस्तक्षेप गर्दै ‘हाउस सिलेक्ट कमिटी अन चाइना’ का कर्मचारीलाई जी४२ र इमिरेट्स सरकारसँग भेट्नबाट रोकेको बताइएको छ।

अमेरिकी नीतिनिर्माताहरुले जी४२ मा माइक्रोसफ्टले गरेको डेढ अर्ब लगानीबारे चिन्ता व्यक्त गरेका छन्। यसको मुख्य कारण चीनसँग ऐतिहासिक सम्बन्ध रहेको यूएईको उक्त संस्थाले संवेदनशील प्रविधि चीनलाई हस्तान्तरण गर्न सक्छ भन्ने हो ।

“यूएई र कंग्रेस प्रतिनिधिबीचको भेट रद्द गरेको सन्दर्भमा जी४२ र माइक्रोसफ्टबीचको सम्झौताबारे समितिमा अझ बढी चिन्ता बढेको छ । परिणामस्वरुप कंग्रेसले यो सम्वादबारे अझ बढी गहनरुपमा चासो राख्ने अपेक्षा गरिएको छ”, समितिका प्रवक्ताले भने ।

प्रकाशित: १६ श्रावण २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

एआईसँग बलिउडको नयाँ दौड

  • Technology Khabar
  • १६ श्रावण २०८१, बुधबार