Technology Khabar २७ असार २०७५, बुधबार
काठमाडौं ।
काठमाडौं । फेसबुकले तपाई हाम्रो डाटाको दूरुपयोग गरेको आरोपमा लाखौं डलर जरिवाना तिर्नुपर्ने भएको छ ।
फेसुबकमाथि क्याम्ब्रिज एनालिटिकासँग यूजर्सको डाटा सूरक्षा गर्न असफल भएको भन्दै जरिवाना लागेको हो । फेसबुकमा यो जरिवाना डाटा प्रोटेक्शन एक्टको आधारमा लगाईएको हो ।
बेलायतको वाचडग कमिटी द इन्फर्मेशन कमिशनर्स अफिस(आईसीओ) ले फेसबुकमाथि यो जरिवाना लगाएको हो । आईसीओकाअनुसार फेसबुकले यूजर्सको डाटा सुरक्षा गर्न असफल भएको छ ।
कमिटीले क्याम्ब्रिज एनालिटिकाको माध्यमबाट करोडौं यूजर्सको डाटा लीक गर्ने आरोपमा ठूलो जरिवाना गरिएको हो । यो प्रारम्भिक जरिवाना रकम ६ लाख ६४ हजार अमेरिकी डलर रहेको छ ।
फेसबुकले बेलायतको संस्था एनालिटिका फर्म क्याम्ब्रिज एनालिटिकााई यूजर्सको डाटा एक्सेस दिएको थियो । यो फर्मले ८ करोड यूजर्सको डाटाको माध्यमबाट अमेरिकी चुनावलाई प्रभावित पारेको आरोप लाग्दै आएको थियो । यो विषयमा अमेरिकामा पनि जाँच भईरहेको छ ।
आईसीओकाअनुसार फेसबुकको डाटाको माध्यमबाट क्याम्ब्रिज एनालिटिकाले यूरोपीयन यूनियनका देशहरुको पब्लिक ओपिनियनलाई प्रभावित पार्ने कोशिश गरेको छ, जसमा सन् २०१६ मा यूपोपीयन यूनियनबाट बेलायत अगल हुने विषय पनि पर्दछ ।
अहिलेसम्म यो बारेमा फेसबुकसँग कुराकानी भएको छैन भने छलफलपछि यो रकम परिवर्तन हुनसक्नेछ ।
फेसबुकले भने बेलायतसहित अमेरिका तथा अन्य देशका अधिकारीहरुसँग डाटा चोरीकोबारेमा भईरहेको छानबीनमा सहयोग गरिरहेको जानकारी दिएको छ ।
प्रकाशित: २७ असार २०७५, बुधबार