आईफोन १७ स्लिममा सिङ्गल रियर क्यामरा समावेश गरिने उच्च सम्भावना

  • Technology Khabar | १३ श्रावण २०८१, आईतवार
आईफोन १७ स्लिममा सिङ्गल रियर क्यामरा समावेश गरिने उच्च सम्भावना

काठमाडौं ।

आईफोन १७ स्लिममा सिङ्गल रियर क्यामरा समावेश गरिने उच्च सम्भावना रहेको छ । यो हप्ताको सुरुवातमा आएको एक रिपोर्टले एप्पलले आईफोन १७ सिरिजको लागि स्लिम मोडेलमा काम गरिरहेको र यसले प्लस भेरियन्टलाई प्रतिस्थापन गर्नेछ भनेर खुलासा गरेको थियो।

उक्त रिपोर्टले यो नयाँ फोनको धेरै सम्भावित स्पेसिफिकेसनहरूको बारेमा उल्लेख गरेको भए तापनि क्यामरा प्रणालीको विवरणहरूको बारेमा भने केही पनि उल्लेख नगरेको जनाइएको छ।

यसै क्रममा प्रख्यात एप्पल विश्लेषक मिङ–ची कुओले यस बारे केही विवरणहरू सार्वजनिक गरेका छन्।

कुओले आईफोन १७ स्लिममा एउटा मात्र सिङ्गल रियर क्यामरा फिचर गरिने जनाएका छन्। साथै यदि यो सूचना सही निस्किएमा यो आईफोन ८ पछि मुख्य लाइन सिरिजमा पहिलो सिङ्गल क्यामरासहिको आईफोन हुनेछ।

एप्पलले “हार्डवेयर स्पेसिफिकेसनहरूमा प्रतिस्पर्धा गर्नुको सट्टा” आईफोन १७ स्लिमको लागि “इनोभेटिभ फर्म फ्याक्टर डिजाइनमा जोड” दिएको कुओले बताएका छन्।

कम्पनीले स्ट्याण्डर्ड र प्रो मोडलहरूको तुलनामा आफ्नो ध्यान स्पष्ट रुपमा एस्थेटिक्स र पोर्टेबिलिटीमा केन्द्रित गरेको देखिने उल्लेख गरिएको छ।

आईफोन १७ स्लिममा १२६०×२७४० पिक्सेल रेजोलुसन भएको ६.६ इन्चको डिस्प्ले हुने अपेक्षा गरिएको छ।

साथै यसमा ए१९ चिप राखिने सम्भावना रहेको जनाइएको छ जुन प्रो मोडेलहरूका लागि अपेक्षा गरिएको ए१९ प्रो भन्दा एक तह तलको हुने बताइएको छ।

यद्यपि, त्यहाँ केही विवादास्पद विवरणहरू पनि देखा परेका छन्। पहिलेका रिपोर्टहरूले आईफोन १७ स्लिममा एल्युमिनियम फ्रेम हुनेछ भनेर सुझाव दिएका थिए भने कुओले यसमा वास्तवमा टाइटेनियम प्रयोग गरिने जनाएका छन्।

साथै यस आईफोन १७ स्लिममा आईफोन १७ प्रो र प्रो म्याक्स मोडेलहरूमा भन्दा कम टाइटेनियम सामग्री प्रयोग गरिने कुओले थप उल्लेख गरेका छन्।

यसअघिका रिपोर्टहरूका विपरीत कुओको लीक मोडेमको सन्दर्भमा पनि भिन्न भएको जनाइएको छ। आईफोन १७ स्लिमले क्वालकम मोडेमहरू प्रयोग गर्ने अफवाह रहेको भए तापनि उनले अब यसले एप्पलको आफ्नै इन–हाउस फाइभजी चिप फिचर गर्ने उल्लेख गरेका छन्।

साथै यो सत्य सावित भएको खण्डमा भने, यसलाई आईफोन १७ को अन्य मोडलहरूमा पनि देख्न सकिने थप उल्लेख गरिएको छ।

यी विवरणहरू विश्वसनीय स्रोतहरूबाट प्राप्त गरिएको भए तापनि रिलीजबाट टाढा रहेको डिभाइसहरूको विवरणहरू पछि परिवर्तन हुन सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।

यसबाहेक कुओले एप्पलले आईफोन प्लस मोडल किन बन्द गर्दैछ भन्ने बारेमा पनि केही विचार साझा गरेका छन्।

आईफोन प्लस मोडेलले हाल आईफोन ढुवानीको लगभग ५ प्रतिशत देखि १० प्रतिशत मात्र योगदान गरेको र जसले निर्णयलाई प्रभाव पारेको उनले थप उल्लेख गरेका छन्।

एप्पलका लागि यो कदम एउटा जोखिमपूर्ण जुवा हुनुका साथै यो सफल पनि हुन सक्ने सम्भाव्यता रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित: १३ श्रावण २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार