स्पेनको एन्टिट्रस्ट नियामकले एप्पलविरुद्ध थाल्यो अनुसन्धान

Technology Khabar १० श्रावण २०८१, बिहीबार

काठमाडौं ।

स्पेनको एण्टिट्रस्ट (एकाधिकार विरुद्ध)को नियामक संस्था सीएनएमसीले एप्पलको एप स्टोरविरुद्ध अनुसन्धान थालेको बताएको छ। संस्थाले एप्पलले एप स्टोरमा प्रतिस्पर्धाविरुद्धको गतिविधि गरेको हुनसक्ने भन्दै बुधबार अनुसन्धान शुरू गरेको बताएको हो ।

छोटकरीमा सीएनएमसीका रुपमा चिनिने स्पेनी राष्ट्रिय बजार तथा प्रतिस्पर्धा आयोग नाम गरेको उक्त संस्थाले लगाएको आरोप एप्पलले भने अस्विकार गरेको समाचार संस्था रोयटर्सले जनाएको छ।

एप्पलले आफ्ना मार्केटप्लेसमा बिक्री हुने मोबाइल एप्लिकेशन डेभलपरहरुलाई असमान व्यापारिक शर्तहरु लादेको सीएनएमसीको प्रारम्भिक बुझाई छ ।

यो विषयलाई स्पेनमा प्रतिस्पर्धा कानूनको गम्भीर उल्लङ्घन मानिन्छ भने यसबापत दोषी कम्पनीले आफ्नो विश्वभरको समग्र आम्दानीको १० प्रतिशतसम्म जरिबाना बुझउनुपर्ने अवस्था आउनसक्ने सीएनएमसीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १० श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार