Technology Khabar २४ असार २०७५, आईतवार
काठमाडौं ।
काठमाडौं । नोकियाले हालै चीनमा सार्वजनिक गरेको नोकिया एक्स सिक्स (Nokia X6) अब विश्व बजारमा आउन तयार भएको छ । नोकियाले ग्लोबल लन्च हंगकंगमा एक इभेन्टमार्फत जूलाई १९ तारिखमा गर्ने तयारी गरेको छ ।
कम्पनीले यसअघि यो फोन चीनको बजारमा मात्र उपलब्ध गराएको थियो । यसअघि एचएमडी ग्लोबल कम्पनीले यसलाई विश्व बजारमा ल्याउने घोषणा गरेको थियो ।
फोनमा डिस्प्ले नोचका साथ फेस अनलकको फीचर राखिएको छ । यो फीचर आसुस जेनफोन म्याक्स र प्रो एमआई वान तथा शाओमी रेडमी नोट ५ प्रोको जस्तै हो ।
स्पेशिफिकेशन
फोनमा ५.८ इन्चको फूल एचडी प्लस डिस्प्ले छ भने अक्टा कोर स्न्यापड्रागन ६३६ प्रोसेसर राखिएको छ । फोन एन्ड्रोयड ८.१ ओरियोमा आधारित भएर काम गर्दछ भने फोनमा ६ जीबी र्याम तथा ६४ जीबी स्टोरेज राखिएको छ । यसको स्टोरेजलाई २५६ जीबीसम्म बढाउन सकिन्छ ।
फोटोका लागि फोनमा ड्यूल रियर क्यामरा छ जसमा १६ मेगापिक्सेलको प्राइमरी सेन्सर तथा ५ मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । सेल्फीका लागि १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
पावरका लागि नोकिया एक्स सिक्समा ३०६० एमएएचको ब्याट्री राखिएको छ ।
प्रकाशित: २४ असार २०७५, आईतवार