Technology Khabar १० श्रावण २०८१, बिहीबार
काठमाडौं ।
एप्पलको आईफोन १६ सिरिजको लन्च सम्भवतः सेप्टेम्बरमा हुनेछ। साथै आईफोन १७ सिरिजको बारेमा पनि धेरै अफवाहहरू सुन्नमा आएका छन् जुन अर्को वर्षको सेप्टेम्बरमा अनावरण गरिने उल्लेख छ।
यसैक्रममा प्रख्यात चिनियाँ लीकस्टर आइस युनिभर्सबाट आएको अर्को एउटा नयाँ अफवाहले उक्त सिरिजको सबै भेरियन्टहरुमा केही प्रकाश पारेको जनाइएको छ।
साथै आईफोन एसईको बारेमा पनि बोनस विवरण थप्दै आइस युनिभर्सले एप्पलको किफायती लाइनअपमा पहिलो पटक स्पष्ट रूपमा ओएलईडी स्क्रिन हुने उल्लेख गरेको छ।
‘भेनिला’ आईफोन १७ मा पहिलो पटक १२० हर्जको र रिफ्रेस रेटसहितको एलटीपीओ डिस्प्ले हुने बताइएको छ। साथै यसले अलवेज–अन डिस्प्ले पनि समर्थन गर्नेसक्ने सम्भावना पनि आइस युनिभर्सले व्यक्त गरेको छ।
यसबाहेक आईफोन १७ मा ८ जीबी र्याम र ए१९ चिप समावेश हुने जनाइएको छ।
उनका अनुसार प्रो मोडलहरूमा ए१९ प्रो चिप, १२जीबी र्याम र वाईड, टेलि र अल्ट्रावाइड गरी तीन ओटा ४८ मेगापिक्सेल क्यामराहरू समावेश हुनेछन्।
यसैगरी यसअघि रुमरका रुपमा आएको आईफोन १७ स्लिम आईफोन १७ अल्ट्रा हुने सम्भावना पनि रहेको र यो पूर्ण रूपमा पुनः डिजाइन गरिएको अल्ट्रा–थिन मोडेल हुनेछ भनी जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १० श्रावण २०८१, बिहीबार