Technology Khabar ८ श्रावण २०८१, मंगलवार
काठमाडौं ।
वानप्लसले ब्याट्रीमा ठूलो सुधारको साथ नयाँ फोल्डेबलमा काम गरिरहेको डिजिटल च्याट स्टेशनले खुलासा गरेको छ। ओपन २ फोन अब ६,००० एमएएच थ्रेसहोल्डमा पुग्न सक्ने लीकस्टरले वेईबो पेजमा खुलासा गरेका छन्। उक्त नयाँ फोन सन् २०२५ को पहिलो त्रैमासमा स्न्यापड्रागन ८ जेन ४ चिपसेटको साथ आउने अपेक्षा गरिएको छ।
नयाँ ब्याट्री सेल ग्लेशियर ब्याट्री टेक्नोलोजीको परिणाम हुन सक्नेछ, जुन वानप्लसले हालै सीएटीएलसँग साझेदारीमा चीनमा घोषणा गरेको थियो।
यो एक सिलिकन–कार्बन सलुसन हुनुका साथै यो अधिक कुशल, टिकाउ, र एक्सट्रिम्ली इनर्जी (अत्यधिक ऊर्जा–घनत्व) हुने उल्लेख गरिएको छ। साथै यो नयाँ सेल समावेश गर्ने एस ३ प्रो पहिलो डिभाइस हुने अपेक्षा गरिएको छ जसले ७६३ डब्लुएच/एल प्याक गर्नेछ। त्यसैगरी यो नयाँ सेल हालको ली–आयन सेलहरू भन्दा २३ प्रतिशत राम्रो भएको थप उल्लेख छ।
वानप्लस ओपन ४,८०५ एमएएच ब्याट्रीको साथ आइपुगेको यो, र यसको ब्याट्री लाइफ अन्य फोनहरूको समान फर्म फ्याक्टरको परीक्षणको तुलनामा राम्रो प्रदर्शन गरेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
ब्याट्री प्रविधिको विकाससँगै, ओपन २ र अन्य प्रतिस्पर्धीहरू बीचको चर्को प्रतिस्पर्धाको अपेक्षा गरिएको छ र जसमा विशेष गरी भिभो एक्स फोल्ड३ प्रो र अनर म्याजिक भी ३ सँग पनि क्रमशः ५,७०० एमएएच र ५,१५० एमएएच क्षमता भएका सिलिकन कार्बाइड ब्याट्रीहरू रहेका छन्।
प्रकाशित: ८ श्रावण २०८१, मंगलवार