एप्पल आईफोन एसई ४ को ब्याक कभर आईफोन १६ को जस्तै हुने

  • Technology Khabar | ८ श्रावण २०८१, मंगलवार
एप्पल आईफोन एसई ४ को ब्याक कभर आईफोन १६ को जस्तै हुने

काठमाडौं ।

एप्पल आईफोन एसई ४ मा बेस आईफोन १४ को जस्तै चेसिस रहने उल्लेख गरिएको छ। यद्यपि चीनबाट आएको नयाँ जानकारीले भने आईफोन एसई ४ मा उक्त चेसिस समावेश नगरिने दाबी गरेको छ।

आईफोन एसई ४ को ब्याक कभर भेनिला आईफोन १६ जस्तै हुने वेइबो प्रयोगकर्ता फिक्स्ड फोकस डिजिटल (चिनियाँ भाषाबाट मेसिन अनुवाद गरिएको) ले दाबी गरेको छ। साथै यसले गर्दा अब दुई ओटा फोनको पछाडिको भाग छुट्ट्याउन गाह्रो पर्ने जनाइएको छ।

एप्पलले आईफोन एसई ४ मा रियर क्यामरालाई कसरी व्यवस्थित गर्नेछ भनेर हेर्नको लागि भने पर्खनु पर्नेछ। लीक भएका रेन्डर र डमी आईफोन एसई ४ को तस्बिरहरूले स्मार्टफोनले नोच्ड डिस्प्ले प्याक गर्नुका साथै सिङ्गल रियर क्यामरा फिचर गर्ने खुलासा गरेको छ।

यद्यपि, आईफोन १६ को बारेमा बाहिरिएका लीकहरुले स्मार्टफोनको पछाडि भर्टिकल्लि एलाइन्ड (ठाडो रुपमा पङ्क्तिबद्ध) डुअल क्यामराहरू फिचर गरिने सुझाव दिएको हुनाले आईफोन एसई ४ को पछाडि दुई ओटा क्यामराहरू देख्न सकिने सम्भावना रहेको छ।

आईफोन १६ सम्भवतः सेप्टेम्बरमा आधिकारिक रुपमा रिलिज गरिनेछ भने आईफोन एसई ४ अर्को वर्षको मार्चमा आउन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ८ श्रावण २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...