यातायात व्यवस्था विभागको सर्भरमा गडबडी, सेवाग्राही मर्कामा

  • Technology Khabar | ७ श्रावण २०८१, सोमबार
यातायात व्यवस्था विभागको सर्भरमा गडबडी, सेवाग्राही मर्कामा

काठमाडौं ।

यातायात व्यवस्था विभागको सर्भरमा समस्या देखिएका कारण सेवाग्राहीहरु मर्कामा परेका छन्। आज बिहान करिब ११ बजेदेखि उक्त सर्भरमा समस्या देखिएको हो।

कार्यालयले सवारी चालक अनुमतिपत्रसँग सम्बन्धित प्रयोजनका लागि ‘इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टम’ (ईडीएलभीआरएस) नामक प्रणाली प्रयोगमा ल्याउँदै आएको छ।

उक्त सिस्टममा समस्या आएपछि यथाशक्य छिटो समाधानका लागि प्रयास गरिएकोमा तत्काल समाधान हुन सक्ने नदेखिएकाले आगामी बिहीबारसम्मका लागि यससम्बन्धी सबै काम स्थगित गरिएको विभागले जनाएको छ ।

केन्द्रीय सर्भर भएका कारण देशभरका सबै यातायात कार्यालयको काम यसबाट प्रभावित भएको छ । यसै समस्यालाई मध्यनजर गर्दै विभिन्न यातायात कार्यालयहरुले सवारी चालक अनुमतिपत्रसम्बन्धी सबै काम आगामी बिहीबारसम्मका लागि स्थगित भएको सूचना निकालिरहेका छन् ।

प्रकाशित: ७ श्रावण २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार