साइबर समस्याले भारतको इन्दिरा गान्धी एयरपोर्टको सेवा प्रभावित, यात्रुलाई हस्तलिखित बोर्डिङ पास

  • Technology Khabar | ४ श्रावण २०८१, शुक्रबार
साइबर समस्याले भारतको इन्दिरा गान्धी एयरपोर्टको सेवा प्रभावित, यात्रुलाई हस्तलिखित बोर्डिङ पास

काठमाडौं ।

छिमेकी देशक भारतको दिल्ली स्थित इन्दिरा गान्धी एयरपोर्ट समेत विश्वव्यापी साइबर समस्याले प्रभावित भएको छ। कयौं भारतीय विमान तथा उडानहरु यसले प्रभावित भएको बताईएको छ।

कतिपय स्थानमा चेक–इनका लागि कुनै इलेक्ट्रोनिक टर्मिनलहरू उपलब्ध नभएको र एजेन्टसँग कुरा गर्नका लागि अनावश्यक लामो लाइन बस्नु पर्ने रोयटर्सले रिपोर्ट गरेको छ।

यस्तै ६ ओटा भारतीय वायुसेवा कम्पनीहरूले साइबर समस्याको कारणले अनलाइन सेवाहरूमा समस्याहरू भोगिरहेका सीएनएनले रिपोर्टमा भनेको छ। विश्वभर भएको टेक आउटेजले विश्वभरका एयरलाइन्स र व्यवसायहरूका साथै भारतीय एयरलाइन्स सेवालाई पनि असर गरेको हो।

सोही कारण भारतमा हवाई यात्रुलाई खाली बोर्डिङ पासहरू दिइएको छ र त्यसमा म्यानुअल (हस्तलिखित) रूपमा जानकारी भर्न अनुरोध गरिएको उल्लेख छ।

त्यसैगरी सामान ट्यागहरू पनि खाली छापिएका थिए भने त्यसमा पनि म्यानुअल रूपमा नै इन्ट्रि गरिएको रिपोर्टमा भनिएको छ।

सुरक्षाबाट अघि बढे पछि, टर्मिनल ३ मा गेट इन्फर्मेसनका लागि जिम्मेवारी रहेका एक व्यक्तिले आफ्नो हातले नै ह्वाइटबोर्ड अद्यावधिक गर्ने काम गरिरहेको बताइएको छ।

“म त्यही गेटमा छु जहाँबाट उडान छुट्ने हो तर त्यहाँ कुनै एजेन्टहरू छैनन् न त विमान नै छ” रोयटर्सका रिपोर्टर समिरा हुसेनले बताए, “गेटको छेउमा, त्यहाँ एक कप्तान र चालक दल बोर्डिङ प्रक्रिया सुरु गर्न ग्राउन्ड क्रुलाई पर्खिरहेका छन्।”

दिल्ली एयरपोर्टमा हाल सबै कुरा म्यानुअल रूपमा भइरहेको छ, त्यसैले यहाँ ढिलासुस्ति भइरहेको बताईएको छ।

यस्तै एक भारतीय हवाई यात्रुले आफूले पहिलो पटक यस्तो बोर्डिङ्ग पास देखेको भन्दै हस्त लिखित बोर्डिङ्ग पासको फोटो सामाजिक संजाल एक्समा शेयर गरेका छन्।

प्रकाशित: ४ श्रावण २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार