अमेजन प्राइम डेको पहिलो दिन अनलाइन किनमेलमा ग्राहकले गरे ७.२ बिलियन डलर खर्च

  • Technology Khabar | ३ श्रावण २०८१, बिहीबार
अमेजन प्राइम डेको पहिलो दिन अनलाइन किनमेलमा ग्राहकले गरे ७.२ बिलियन डलर खर्च

काठमाडौं ।

अमेजन प्राइम डेको पहिलो दिनको लागि अमेरिकामा उपभोक्ता खर्च ११.७ प्रतिशतले वार्षिक वृद्धि रेकर्ड गरिएको एडोब एनालिटिक्सद्वारा संकलित डाटाले देखाएको छ। अमेजनले यस हप्ता धेरै क्षेत्रहरूमा प्राइम डे कार्यक्रम आयोजना गर्दैछ।

एडोबको प्रतिवेदनले सन् २०२३ मा पहिलो दिन ६.४ बिलियन डलरको तुलनामा पहिलो दिन ७.२ बिलियन डलर खर्च गरेको उल्लेख गरेको छ। यसले प्राइम डे कार्यक्रमको पहिलो दिन मंगलबार वर्षकै सबैभन्दा ठूलो ई-कमर्स बिक्री दिन भएको उल्लेख गरेको टेकक्रन्चले रिपोर्ट गरेको छ।

वर्षको सबैभन्दा ठूलो मोबाइल किनमेल दिनको रूपमा, उपभोक्ताहरूले आफ्नो मोबाइल डिभाइसबाट मात्रै ३.५ अर्ब डलर खर्च गरे।

एडोबले यसको बाई नाउ पे लेटर (बीएनपीएल) विकल्पले वार्षिक रूपमा १७.१ प्रतिशत वृद्धि गर्यो र बिक्रीमा ५४० मिलियन डलर ड्राइभ गर्यो।

एनालिटिक्स साइट द न्यूमेरेटरका अनुसार प्राइम डे २०२४ मा अहिलेसम्म औसत अर्डर साइज ६०.०३ डलर छ। जुन तुलना गर्दा, विगत दुई वर्षका इभेन्टहरूको औसत अर्डर आकार क्रमशः ५६.६४ र ५३.१४ डलर थियो।

एडोब एनालिटिक्स रिपोर्टहरूले दुई-दिवसीय कार्यक्रममा १०.५ प्रतिशत वार्षिक दरको साथ रेकर्ड १४ बिलियन डलर अनलाइन खर्चको भविष्यवाणी गर्दछ।

प्रतिवेदनमा उल्लेख गरिएको छ कि उच्च बिक्री संख्याहरू नयाँ मागको कारणले नभई वस्तुहरूको मूल्य बढेको कारण हो।

प्रकाशित: ३ श्रावण २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...