Technology Khabar १९ असार २०७५, मंगलवार
काठमाडौं ।
काठमाडौं । केन्द्रिय निक्षेप प्रणालीको सेयर कारोबारको लागि निर्माण गरेको अनाइन सफ्टवेयर मेरो सेयर(MeroShare) नामक मोबाइल एप नक्कली भएको जनाएको छ ।
हाल सिडिएससीले मेरो शेयरको मोबाइल एप आधिकारिक नभएको भन्दै लगानीकर्ताहरुलाई यस्तो एप डाउनलोड नगर्न आग्रह गरेको छ ।
सो मोबाइल एप आधिकारिक नभएको भन्दै सिडिएसीले फेक एप इन्टल गरेकाहरुलाई समेत जानकारी दिएको हो ।
हाल गूगल प्ले स्टोरमा मात्र रहेको सो एप १ हजार भन्दा बढि डाउनलोड भईसकेको छ ।
लिटिल डी नामक कम्पनीले बिजनेस एपको रुपमा बनाएको यो एप जून १ तारिखदेखि स्टोरमा अपडेट गरिएको देखिन्छ ।
एन्ड्रोयड ४.१ भर्सन भन्दा बढिमा मात्र प्रयोग गर्न सकिने सो एप निर्माताले सेयर संसार तथा शंकरदेव क्याम्पसको लागि समेत एप बनाएको देखिन्छ ।
मेरो सेयर एपमा एप डेभलपरले सिएसडीको लोगो समेत अनधिकृतरुपमा प्रयोग गरेको देखिन्छ ।
सो एप निर्माता कम्पनीले आफ्नो बारोमा बिस्तृतमा जानकारी दिएको छैन भने सो एप मेरो सेयरको डाटा चोरी हुनसक्ने आशंका गर्दै सो एप डाउनलोड गरेको भए तत्काल अनस्टल गर्न समेत सिडिएससीले अनुरोध गरेको छ ।
संस्थाले भविश्यमा आफ्नै आधिकारिक एप ल्याउने तयारीमा रहेको र सो एप बन्द गराउनका लागि आवश्यक कानूनी कदम चालेको सिडिएससीले जानकारी दिएको छ।
प्रकाशित: १९ असार २०७५, मंगलवार