हरेक टियागो इभी बुकिङ्गमा सियोर सट गिफ्टसंगै मनसुन मेला सुरु

Technology Khabar २१ असार २०८१, शुक्रबार

काठमाडौं ।

नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले टियागो इभी मन्सुन एक्सचेन्ज मेला आयोजना गर्न लागेको छ।

मन्सुन एक्सचेन्ज मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।

ग्राहकवर्गको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारी प्रतिको रुची तथा चाहनाहरुलाई मध्यनजर गर्दै टाटा मोटर्सको शोरुम थापाथली लगायत देशैभरी रहेका शोरुमहरुमा यहि असार २१ गते देखी २३ गतेसम्म एक्सचेञ्ज कार्यक्रम आयोजना गर्न लागिएको हो।

यस मेलामा सहभागी भएर ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्क अटोप्लस इन्स्योरेन्स, निःशुल्क २ आर्थिक वर्षको सवारी कर, एक्सेसरिज र ३ वर्षको निःशुल्क सर्भिसिङ सुविधाहरुको फाइदा लिन सक्नु हुनेछ। साथै टेस्ट ड्राइभ र बुकिङ्गमा स्योर सट गिफ्टहरु पनि पाउन सक्नुहुनेछ। उल्लेखित अफरहरु मन्सुन एक्सचेन्ज मेलाको ३ दिनका लागि मात्र लागु हुनेछ।

ग्राहकहरुको व्यस्त समयलाई ध्यानमा राख्दै टियागो इभि मन्सुन एक्सचेन्ज मेला बिहान ९ बजे देखि राती ९ बजेसम्म टाटा मोटर्सको नेपालभरिका शोरुमहरुमा हुन गइरहेको जनाएको छ।

प्रकाशित: २१ असार २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया