स्याङ्जाको रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

  • Technology Khabar | १३ असार २०८१, बिहीबार
स्याङ्जाको रामनदी वृद्धाश्रमलाई नेपाल टेलिकमको सहयोग

काठमाडौं ।

नेपाल टेलिकमले स्याङ्जाको गल्याङ नगरपालिका रामनदीस्थित श्री शिव पार्वति वृद्धाश्रमलाई सहयोग गरेको छ।

वृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई जिवनयापन गर्न थप सहज पुर्याउने हेतुले सहयोग सामग्री वितरण गरिएको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए। वृद्धवृद्धा जिवनमा लामो अनुभव बटुलेर हुने अवस्था हो, त्यसैले यस अवस्थामा सहयोग गर्नु सबैको जिम्मेवारी रहेको भन्दै उनले नेपाल टेलिकमले सोही जिम्मेवारीलाई बहन गरेको बताए।

प्रादेशिक निर्देशनालय पोखराका व्यापार प्रमुख रजनिश पौडेलले नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्वको बहन गर्दै समाजमा आश्रित रुपमा रहेका वृद्धवृद्धालाई सहयोग गर्दा प्रेरणा प्राप्त हुने बताए।

वृद्धाश्रममा उपाध्यक्षको भूमिका निर्वाह गरेका अर्जुन प्रसाद खनालका अनुसार वृद्धाश्रममा कोही पनि छोराछोरी नभएका असहाय वृद्धवृद्धाहरु आश्रय लिएर बसेका छन्। उनिहरुलाई आवश्यक पर्ने खाद्यन्न सामग्री लगायतका बिभिन्न सामानहरु वितरण गरेकोमा धन्यवाद व्यक्त गर्दै उनले आगामी दिनमा पनि यस्ता कार्यहरुलाई निरन्तरता दिन आग्रह गरे।

कार्यक्रममा नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङका कार्यालय प्रमुख राम राज उपाध्याय, वृद्धाश्रमका सञ्चालक सुनिल श्रेष्ठ, प्रादेशिक  निर्देशनालय पोखराका अधिकृतद्वय महेन्द्र प्रसाद रिमाल र भरत बास्तोला तथा वडा नं १ राम्दिका वडा अध्यक्ष मणि प्रसाद बस्याललगायतले वृद्धाश्रमको सहयोगका लागि सबैले आ–आफ्नो ढंगले सहयोग गर्नुपर्ने बताउँदै सामग्री वितरणमा सहयोग गरे।

प्रकाशित: १३ असार २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार