भारतमा १० हजार भन्दा धेरै मेगाहर्ज स्पेक्ट्रमको लिलामी सुरु, जियो एयरटेल र भीआई प्रतिस्पर्धामा

  • Technology Khabar | १२ असार २०८१, बुधबार
भारतमा १० हजार भन्दा धेरै मेगाहर्ज स्पेक्ट्रमको लिलामी सुरु, जियो एयरटेल र भीआई प्रतिस्पर्धामा
सांकेतिक तस्विर

काठमाडौं ।

भारतीय सरकारले मंगलबार दूरसंचार सेवाका लागि ९६ हजार २३८.४५ करोडको स्पेक्ट्रमको लिलामी सुरु भएको घोषणा गरेको छ। भारतीय दूरसञ्चार विभागले विभिन्न ब्यान्डका १० हजार ५२२ दशमलव ३५ मेगाहर्ज स्पेक्ट्रम लिलामी गरिने जनाएको छ। यसको रिजर्भ मूल्य ९६,२३८.४५ करोड भारतीय रुपैयाँ राखिएको छ।

यस लिलामीमा ८०० मेगाहर्ज, ९०० मेगाहर्ज, १८०० मेगाहर्ज, २१०० मेगाहर्ज, २३०० मेगाहर्ज, २५०० मेगाहर्ज, ३३०० मेगाहर्ज र २६ गीगाहर्ज ब्यान्डका लागि बोलपत्रहरू राखिनेछ। लिलामी प्रक्रिया बिहान १० बजेबाट सुरु भएको छ।

भारती एयरटेल, भोडाफोन-आइडिया (भीआई) र रिलायन्स जियो इन्फोकम (जियो) यसमा सहभागी हुनेछन्। १८०० मेगाहर्ज ब्यान्डको रिजर्भ मूल्य २१,७५२.४० करोड रुपैयाँमा राखिएको छ। एकै समयमा, ८०० मेगाहर्ज ब्यान्डको रिजर्भ मूल्य २१,३४१.२५ करोड रुपैयाँमा राखिएको छ।

सबै नागरिकलाई गुणस्तरीय दूरसञ्चार सेवा सुपथ दरमा उपलब्ध गराउने सरकारको प्रतिबद्धताअनुरुप यो काम भएको मन्त्रालयले जनाएको छ। दूरसञ्चार विभागले मार्च ८ तारिखबाट स्पेक्ट्रम प्रक्रिया सुरु गरेको थियो।
स्पेक्ट्रम २० वर्षको लागि बितरण गरिनेछ।

बोलपत्र जित्ने कम्पनीले आगामी २० वर्षमा २० किस्तामा स्पेक्ट्रमको शुल्क तिर्नुपर्नेछ। तर, यो अवधिमा कम्पनीहरूले एनपीभीमा ८.६५ प्रतिशत ब्याजसमेत जोडेर तिर्नुपर्नेछ।

कुनै पनि कम्पनीले लिलामीमा खरिद गरेको स्पेक्ट्रम कम्तीमा १० वर्षपछि फिर्ता गर्न सक्ने मन्त्रालयले जनाएको छ। साथै, कम्पनीहरुबाट कुनै स्पेक्ट्रम उपयोग शुल्क (एसयूसी) लिइने छैन।

प्रकाशित: १२ असार २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार