एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

  • Technology Khabar | ११ असार २०८१, मंगलवार
एसईईको नतिजा अब एनसेल एपमा पनि हेर्न सकिने

काठमाडौं ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अब एनसेल एपमार्फत हेर्न सकिने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सोमबार प्रकाशित गरेको सूचना अनुसार, एसइई २०८० को नतिजा एनसेल एपबाट पनि हेर्न सकिने छ।

एनसेल एपको होम स्क्रिनमा गई एसईई रिजल्टमा ट्याप गरेर परीक्षार्थीको सिम्बोल नम्बर र जन्म मिति राखेर नतिजा हेर्ने सकिने छ। बोर्डले नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरिरहेको छ।

बोर्डले नतिजा प्रकाशित भएसँगै सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको छ। २०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण अनुमति पाएका वेबसाइट, एसएमएस र आइभीआर सेवाबाट पनि लिन सकिने बोर्डले जनाएको छ।

गत चैत १५ गतेदेखि सञ्चालित एसईई परीक्षामा देशभरका ५ लाख ४ हजार ४१४ जना विद्यार्थी सहभागी भएका थिए।

प्रकाशित: ११ असार २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...