
काठमाडौं ।
कतारले आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धी संस्था परियोजनालाई सहयोग गर्न रासायनिक हतियार निषेध सङ्गठनमा स्वैच्छिक योगदान गरेको छ।
यो योगदान सङ्गठनका गतिविधिलाई सहयोग गर्न कतारको निरन्तर प्रतिबद्धताको ढाँचाभित्र आउँछ।
नेदरल्याण्डका लागि कतारका राजदूत तथा मुतलाक बिन माजिद अल कहतानीले कृत्रिम बुद्धिमत्ता र सङ्गठनको महान लक्ष्य हासिल गर्न मद्दत गर्नसक्ने नवीन प्रविधिको विकासमा कतारको प्रतिबद्धता रहेको र लक्ष्य हासिलका लागि कतारले निरन्तर आर्थिक योगदान गरिरहेको बताए।
कहतानी रासायनिक हतियार निषेध सङ्गठनका लागि कतारका स्थायी प्रतिनिधि हुन्। रासस/क्यूएनए
प्रकाशित: ८ असार २०८१, शनिबार