Technology Khabar ७ असार २०८१, शुक्रबार
काठमाडौं ।
कम्प्युटर सोर्स कोड चोरी गर्ने एक व्यक्तिलाई साइबर ब्यूरोले पक्राउ गरेको छ।
प्रहरीले नियो एचआरआईएस ‘Neo HRIS’ नामक सफ्टवयेरको सोर्स कोडमा अनधिकृत पहुँच पुयाई, चोरी गरी निवेदकको वौद्धिक सम्पत्तिमा आघात पुऱ्यउने मनसाय लिएको भन्दै उमेश कुमार गुप्तालाई पक्राउ गरेको छ।
साइबर ब्यूरोले गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट उक्त कार्यमा संलग्न बारा, महागढीमाई नगरपालिका वडा नं.१ स्थायी घर भएका र हाल काठमाडौं महानगरपालिका वडा नं. ११ त्रिपुरेश्वर स्थित पावर ब्रेन नामक कम्पनिमा कार्यरत ३१ वर्षिय उमेश कुमार गुप्तालाई पक्राउ गरिएको जानकारी दिएको छ।
उनलाई विद्युतिय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा २०८१ असार ४ गते काठमाडौंबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले दिन पाँच म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोका उप निर्देशक दिपक राज अवस्थीले जानकारी दिए।
प्रकाशित: ७ असार २०८१, शुक्रबार