Technology Khabar ४ असार २०८१, मंगलवार
काठमाडौं ।
नेपाली ज्योतिषी प्लेटफर्म आस्था ज्योतिष एप सार्वजनिक भएको छ। आस्था ज्योतिष प्रालिले जेठ ४ गते देखि आस्था ज्योतिष प्लेटफर्म अन्तर्गत वेबसाइट र एन्ड्रोइड एप सार्वजनिक गरेको हो।
नेपालका विद्वान ज्योतिषहरुलाई एउटै प्लेटफर्ममा ल्याउन यो प्लेटफर्मको विकास गरिएको कम्पनीका सञ्चालक पंडित प्रदिप राज पन्तले जानकारी दिएका छन्।
यो प्लेटफर्मबाट सेवाग्राहीले लाइभ अडियो, भिडिओ कल वा च्याट गरेर विभिन्न ज्योतिषहरु सँग परामर्श लिन सक्नेछन्। प्लेटफर्ममा नेपालका विद्वान ज्योतिषी ब्राहमणहरु आबद्ध भएको बताईएको छ।
आस्था ज्योतिष एपमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक राशिफल हेर्न सकिन्छ। त्यस्तै आफ्नो कुण्डली (चिना) निर्माण, बरबधुको गुण मिलान, पञ्चाङ्ग आदि सेवा लिन सकिने छ।
ज्योतिषी तथा पूजापाठ सम्बन्धी सेवा, अनलाइन पूजापाठका सम्पूर्ण सामानदेखि लिएर रत्न, रुद्राक्ष, माला आदि बुक गर्न मिल्ने छ। यो एपमा ज्योतिष ब्लग र ज्योतिषीय तथा आध्यात्मिक भिडियो पनि हेर्न मिल्ने छ।
प्लेटफर्मलाई नेपाल, भारत लगायतका अन्य देशहरुमा पनि विस्तार गर्ने कम्पनीको योजना रहेको छ। अहिले अङ्ग्रेजी, नेपाली र हिन्दी तीन भाषामा उपलब्ध छ।
कम्पनीकाअनुसार, यो एप अहिले गुगल प्ले स्टोरमा आस्था ज्योतिष (Astha Jyotish) नाम ले उपलब्ध छ। अहिले वेबसाइठ र एन्ड्रोइड प्लेटफर्मको रूपमा सार्वजनिक भएको र छिट्टै आईओएस भर्सनमा उपलब्ध हुने कम्पनीले जनाएको छ।
यदि तपाईँपनि आस्था ज्योतिष प्रयोग गर्न चाहनुहुन्छ भने यहाँ क्लिक गरेर डाउनलोड गर्न सक्नुहुनेछ।
प्रकाशित: ४ असार २०८१, मंगलवार