ईयूले डिजिटल मार्केट ऐन अन्तर्गत एप्पललाई प्रतिदिन ५० मिलियन डलर जरिवाना लगाउन सक्ने

Technology Khabar ४ असार २०८१, मंगलवार

काठमाडौं ।

गत मार्चमा, युरोपेली आयोगले वैकल्पिक एप स्टोरहरूको लागि एप्पलको नयाँ शुल्क संरचनासँग सम्बन्धित अनुसन्धान सुरु गरेको घोषणा गरेको थियो। जसअन्तरगत एप्पलले युरोपेली बजारमा एप स्टोरलाई खुला नगरेको भन्दै ५० मिलियन डलरसम्म जरिवाना लगाईएको अनुमान गरिएको छ।

एप्पलले आफ्नो एप स्टोर बाहिरको प्रस्तावहरूका प्रयोगकर्ताहरूका लागि लिंक दिने विकासकर्ताहरूलाई एप्पलले “कोर टेक्नोलोजी फि” (शुल्क) चार्ज गर्ने गरेको छ। यसबाहेक, विकासकर्ताले यसको भुक्तानी प्रोसेसर प्रयोग गरेका खण्डमा त्यहाँ अतिरिक्त ३ प्रतिशत पनि एप्पललाई दिनुपर्दछ।

विकासकर्ताहरूलाई यस्तो शुल्क लगाउनु ईयूको डिजिटल मार्केट ऐक्ट (डीएमए) को उल्लङ्घन भएको फाइनान्सियल टाइम्सको नयाँ रिपोर्टले उल्लेख गरेको छ।

कुनै प्राविधिक कम्पनी माथि डीएमएको आधारमा शुल्क लिन लागिएको यो पहिलो पटक भएको र यसले वर्षको सुरुदेखि प्रभाव पार्न थाल्यो।

तर आउँदो हप्ताहरूमा, कम्पनीले डिएमएको पालना नगरेको आरोपहरूको घोषणा हुने अपेक्षा गरिएको सो “विषयसँग परिचित व्यक्तिहरूलाई उदृत गर्दै रिपोर्टमा भनिएको छ।

नियम पालना नगरेको कारण गर्दा एप्पलले आफ्नो विश्वव्यापी दैनिक कारोबारको ५ प्रतिशत सम्म जरिवाना तिर्नुपर्ने संभावना रहेको र त्यो रकम प्रति दिन लगभग ५० मिलियन अमेरिकी डलर हुनसक्ने जनाइएको छ।

प्रकाशित: ४ असार २०८१, मंगलवार

तपाइको प्रतिक्रिया