Apple

आईओएस १८ ले अब होम स्क्रिनमा एप लेबलहरू लुकाउन दिने 

आईओएस १८ ले अब होम स्क्रिनमा एप लेबलहरू लुकाउन दिने 
Global IME Bank

सामान्यतया एआई भन्नाले आर्टिफिसियल इन्टेलिजेन्स भन्ने बुझिन्छ। तर एप्पलले यसलाई एप्पल इन्टेलिजेन्सको नाममा ल्याएको छ। यसका साथमा, एप्पलले आईओएस १८ मा कतिओटा नयाँ कस्टमाइजेसन फिचर्स (सुविधाहरू) प्याक गरेको छ भन्ने प्रश्न पनि आएको छ।

धेरै वर्षहरू पछि एप्पलले पनि अन्ततः मानिसहरूलाई लगभग केही एन्ड्रोइड–जस्तो विकल्पहरू प्रदान गर्न चाहेको जस्तो देखिएको छ।

अब होम स्क्रिन आइकनहरू आफूले चाहेअनुसार सार्न सकिने जनाइएको छ। म्याकरुमर्सका रिपोर्टअनुसार, केही व्यक्तिहरूले पहिलो आईओएस १८ डेभलपर बिटामा आफ्नो होम स्क्रिनबाट एप लेबलहरू लुकाउन सकिने पनि पत्ता लगाएका छन्।

त्यसैगरी एप आइकनहरूको तलको पेस्की टेक्स्ट बिना नै केवल एप आइकनहरू हेरेर कुन एप हो भनेर बताउन सकिने बताइएको छ। साथै यदि यो फङ्गसनलाई इनेबल गरियो भने, टेक्स्ट लेबलहरू भएको ठाउँ कभर गर्न आइकनहरू बढ्ने जनाइएको छ।

यसलाई सक्षम गर्नका लागि सुरुमा आफ्नो होम स्क्रिनमा गएर खाली क्षेत्रमा थिचेर होल्ड गर्नुपर्ने छ।

त्यसपछि, टप लेफ्ट कर्नर (माथिल्लो बायाँ कुना) मा एडिट (सम्पादन) ट्याप गरेर कस्टमाइजमा ट्याप गरेर त्यसपछि लार्ज बटन ट्याप गर्नुपर्ने छ।

त्यसपछि आफ्नो चेन्जेस (परिवर्तनहरू) सेभ गर्नका लागि होम स्क्रिनमा जहाँसुकै ट्याप गर्न सकिने जनाइएको छ।

त्यसपश्चात अब होम स्क्रिनमा भएका एप आइकनहरूको तल कुन एप हो भन्ने बारे कुनै लिखित संकेत नहुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

Sajilo Visa
easy care