चीनमा स्नातक सकेका विद्यार्थीका लागि अनलाइन रोजगार मेलाहरू आयोजना

  • Technology Khabar | ३० जेष्ठ २०८१, बुधबार
चीनमा स्नातक सकेका विद्यार्थीका लागि अनलाइन रोजगार मेलाहरू आयोजना

काठमाडौं ।

चीनको मानव संशाधन तथा सामाजिक सुरक्षा मन्त्रालयले उच्च शिक्षा अर्थात् कलेजबाट स्नातक सकेका विद्यार्थीलाई लक्षित गरी एक करोडभन्दा बढी रोजगारी उपलब्ध गराउने उद्देश्यले मङ्गलबार १०० दिने भर्ती अभियान सुरु गरेको छ ।

अभियानको पहिलो हप्तामा चारओटा अनलाइन रोजगार मेलाहरू हुनेछन्। यसमा लगभग २६ हजार रोजगारदाताले इन्टरनेट, स्वास्थ्य सेवा, वित्त, ऊर्जा र उत्पादन क्षेत्रमा दुई लाख ५९ हजार रोजगारीको अवसर प्रदान गर्ने मन्त्रालयले जनाएको छ।

अभियान विभिन्न अनलाइन प्लेटफर्मले विभिन्न अवधिमा हुने रोजगारीको वास्तविक तथ्याङ्कबारे जानकारी प्रकाशित गर्न, लाइभ स्ट्रिम गरिएको रोजगार मेलाको आयोजना गर्न र रोजगारीको अवसर खोज्नेहरूका लागि मार्गदर्शन प्रदान गर्न लाभदायी बन्नेछ। अभियानको एक भागको रूपमा व्यक्ति–व्यक्तिबीच कार्यक्रमहरू पनि आयोजना गरिनेछ।

यस वर्ष चीनमा एक करोड १७ लाखभन्दा बढी कलेज विद्यार्थीहरूले स्नातक गर्न लागेका सन् २०२४ को सरकारी कार्य प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, “हामीले युवा लक्षित रोजगारी प्रवद्र्धधन गर्न र उनीहरूलाई जागिर सुरक्षित गर्न वा व्यवसाय सुरु गर्न मद्दत गर्न अझ राम्रो मार्गदर्शन र सेवाहरू प्रदान गर्न आवश्यक छ।” रासस/सिन्ह्वा

प्रकाशित: ३० जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...