टिगमा थपियो प्रोडक्सन फिचर, उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने

  • Technology Khabar | ३० जेष्ठ २०८१, बुधबार
टिगमा थपियो प्रोडक्सन फिचर, उद्योगको उत्पादन प्रक्रियालाई सजिलै डिजिटाइज गर्न सकिने

काठमाडौं ।

आन्तरिक राजस्व विभागबाट प्रमाणित क्लाउडमा आधारित सफ्टवेयर टिगमा प्रोडक्सन फिचर थप भएको छ।

१५ सय बढी व्यवसायले विश्वास गरेको टिगमा अकाउन्ट, रेष्ट्रो, रिटेलसँगै म्यानुफ्याक्चरिङ प्रक्रियालाई पनि डिजिटलाइज गर्ने फिचर आएको हो।

नयाँ प्रक्रियाले साना तथा मझौला उद्योगको म्यानुफ्याक्चरिङ प्रक्रियालाई डिजिटाइज गर्ने बिआइसी टेक्नोलोजीका सीईओ रमेश केसीले बताए।

कम्पनीकाअनुसार, टिगको प्रोडक्सन सुविधामार्फत कुनै पनि वस्तु उत्पादनका लागि आवश्यक पर्ने ‘रअ मेटेरियल’ राख्न, उत्पादन गर्दाको खर्च र लागत समेत सजिलै थाहा पाउन सकिने छ।

यस बाहेक रअ मेटिरियलको उपलब्धता बारे थाहा पाउन र प्रोडक्सन प्रक्रियाको सबै रिपोर्ट समेत डाउनलोड गर्न सकिने टिगले जनाएको छ।

साना व्यवसायको उत्पादन अनुभवलाई प्रविधिमैत्री बनाउन, लागत कम गर्न र चलाउन सजिलो हुने गरी टिगको डिजाइन गरिएको केसी बताउँछन्।

‘साना व्यवसायहरू म्यानुफ्याक्चरिङ प्रक्रियालाई व्यवस्थापन गर्न विभिन्न चुनौतीसँग लडिरहेका हुन्छन् । धेरैले महंगो सफ्टवेयरमा लगानी समेत गर्न सक्दैनन्,’ केसी भन्छन्, ‘यही समस्यालाई समाधान गर्न सहजै म्यानुफ्याक्चरिङ प्रक्रियालाई प्रभावकारी बनाउन र व्यवस्थापन गर्न प्रोडक्सन फिचर ल्याएका हौं ।’

टिगको प्रोडक्सन फिचरबाट उत्पादनको दक्षता बढ्ने, लागत घट्ने र डाटामा आधारित निर्णय लिन सघाउने कम्पनीले जानकारी दिएको छ।

साथै एउटै प्लेटफर्ममा अकाउन्टिङ, रेष्टुरेन्ट, इन्भेन्ट्री, पीओएस, रिटेल, प्रोडक्टसन लगायतको सुविधा भएकाले यसले फरक फरक सुविधाका लागि फरक फरक सफ्टवेयर किन्नुपर्ने बाध्यता समेत टिगले अन्त्य गर्ने जनाएको छ।

प्रकाशित: ३० जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार