दक्षिण कोरियामा च्याटजीपीटीको प्रयोग मे महिनामा ३० प्रतिशतले बढ्यो

  • Technology Khabar | ३० जेष्ठ २०८१, बुधबार

काठमाडौं ।

दक्षिण कोरियामा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट च्याटजीपीटीको प्रयोग मे महिनामा ३० प्रतिशतले बढेको छ।

दक्षिण कोरियामा ओपनएआईको च्याटजीपीटी प्रयोगकर्ताहरूको संख्या मे महिनामा ३० प्रतिशतले बढेर पहिलो पटक १० लाख नाघेको बजार तथ्याङ्क विश्लेषण फर्म आईजीएएवर्क्सले उल्लेख गरेको छ।

मोबाइल च्याटजीपीटी एप्लिकेसनमा १.२७ मिलियन प्रयोगकर्ताहरू थिए, जुन अप्रिलमा ९ लाख ८० हजार भन्दा बढि थियो।

एपको प्रयोगकर्ता आधार लगातार बढ्दै गएको छ, फेब्रुअरीमा ६९७,००० र मार्चमा ८ लाख ८० हजार बाट बढ्दै गएको देखिन्छ।

प्रकाशित: ३० जेष्ठ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार