चीनद्वारा समुद्री तथ्याङ्क सङ्कलनका लागि ‘ओसन क्लाउड’ नामक प्लेटफर्म सञ्चालनमा

  • Technology Khabar | २७ जेष्ठ २०८१, आईतवार
चीनद्वारा समुद्री तथ्याङ्क सङ्कलनका लागि ‘ओसन क्लाउड’ नामक प्लेटफर्म सञ्चालनमा

काठमाडौं ।

चीनले आफ्नो व्यापक समुद्री तथ्याङ्क सङ्कलनका लागि ‘ओसन क्लाउड’ नामक नयाँ प्लेटफर्म सुरु गरेको छ।

“‘ओसन क्लाउड’ समुद्री तथ्याङ्क र सूचना उत्पादनहरूको लागि एक राष्ट्रिय अनलाइन सेवा प्लेटफर्म हो,” प्राकृतिक स्रोत मन्त्रालयको समुद्री पूर्व चेतावनी र अनुगमन विभागका निर्देशक वाङ हुआले बताए।

यसले विश्व महासागर त्रि–आयामिक अवलोकन नेटवर्कबाट राष्ट्रिय तथ्याङ्क सङ्कलन गर्न, विभागहरूबीच समुद्री सूचना सङ्कलनलाई सहज बनाउन र विश्वव्यापी समुद्री सूचना आदानप्रदानलाई बढावा दिन काम गर्दछ।

यो प्लेटफर्मले समुद्री तथ्याङ्क एकीकरण सेवाहरूलाई अझ बलियो बनाउन, समुद्री तथ्याङ्क साझेदारी र परिसंचरणको लागि प्राविधिक मापदण्डहरू एकीकरण गर्न र समुद्री तथ्याङ्क उत्पादनको अनुप्रयोग गुणस्तर सुधार गर्नसक्छ।

चीनको स्वतन्त्र समुद्री तथ्याङ्क, समुद्री सूचना उत्पादनहरूको अनुसन्धान र विकास र विश्वव्यापी समुद्री वातावरणीय तथ्याङ्कलाई एकीकृत गरी सातओटा विषय र समुद्री क्षेत्रमा ८३ वटा तत्वको वर्गीकरण समावेश गर्ने समुद्री तथ्याङ्कको खुला सूची जारी गर्ने उनले घोषणा गरे।

हालैका वर्षहरूमा, चीनले सुन्दर चीनको निर्माणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रयासको रूपमा आफ्नो समुद्री पारिस्थितिकीय र वातावरणको संरक्षणमा ऊर्जाको बढ्दो प्रयोग गरेको छ। रासस/सिन्ह्वा

प्रकाशित: २७ जेष्ठ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार